दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु

स्कुल बसको ठक्करबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शनिबार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार लुम्बिनीदेखि कालीदह जाने क्रममा लु१क १७७८ नम्बरको बसले लु३७प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इसाद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको डिएसपी भट्टले बताए । घटनामा २० वर्षीया अप्सरा खातुन घाइते भएकी छन् । उनको भैरहवामा उपचार भइरहेको छ ।

सूर्यपूरास्थित सिद्धार्थ प्रतिभा हाइस्कुलको बसमा ५/६ जना अन्य व्यक्तिलाई राखेर लुम्बिनी तर्फ जाने क्रममा घटना भएको थियो । घटनापछि चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिएको बसलाई घटनापछि स्थानीयले आगजनी गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित