लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु

स्कुल बसको ठक्करबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शनिबार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार लुम्बिनीदेखि कालीदह जाने क्रममा लु१क १७७८ नम्बरको बसले लु३७प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इसाद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको डिएसपी भट्टले बताए । घटनामा २० वर्षीया अप्सरा खातुन घाइते भएकी छन् । उनको भैरहवामा उपचार भइरहेको छ ।

सूर्यपूरास्थित सिद्धार्थ प्रतिभा हाइस्कुलको बसमा ५/६ जना अन्य व्यक्तिलाई राखेर लुम्बिनी तर्फ जाने क्रममा घटना भएको थियो । घटनापछि चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिएको बसलाई घटनापछि स्थानीयले आगजनी गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित