गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

रुपन्देही उद्योग संघको ४६ औं स्थापना दिवसः मानव सेवा आश्रममा खाना

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवश एवम उद्योग दिवश–२०८० विभिन्न कार्यक्रम गरि मनाउन लागेको छ । संघले स्थापना दिवश ३ दिवशिय कार्यक्रम गरि मनाउन लागेको हो ।

स्थापना दिवशको अवसरमा पहिलो दिन बुधवार सामाजिक सेवा कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिकाको पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका बृद्धबृद्धहरुलाई खाना खुवाउनुकासाथै निशुल्क स्वाश्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका निर्वतमान अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग र उद्योगीको हकहितका लागि स्थापना गरिएको उद्योग संघले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै समाजको विकासको लागि सबैको समान दाथित्व भएको धारणा राखे ।

उनले संघले समाजका सबै वर्ग र समुदायसंग हातेमालो गरि समाजको उन्नतीमा अगाडी बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

संघका अध्यक्ष दिलिप सापकोटाले संघको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै मानव सेवा आश्रममा पुगेको बताउदै यस्ता कार्यक्रमले सबै उद्योगीको शिर उचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउदै समाजमा स्थापित भएर अगाडी बढन आफ्नो नेतृत्व सधै कटिवद्ध रहेको धारणा राखे ।

कार्यक्रम संघका महासचिव हिरामणी भट्टराईको सञ्चालनमा तथा संयोजक अशोक कुवरको धन्यवाद ज्ञापनमा भएको थियो ।

संघले मानव सेवा आश्रम, पहुनीमा आश्रित ९५ जना बृद्धबृद्धाहरुलाई खाना र निशुल्क स्वाश्थ्य परिक्षणको प्रवन्ध गरेको थियो ।

त्यस अवसरमा संघका पूर्वअध्यक्ष वोनिन पिया, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष हरि बहादुर खत्री, सचिव सुमन बस्याल, महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेल्वासेसहित कार्यसमितिका सदस्य लगायतको उपस्थिती थियो ।

संघले स्थापना दिवशका अवसरमा विहिवार व्यवसायीक संघसंस्थावीच अन्तर व्याडमिण्टन प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा एक दर्जन संघसंस्थाका खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक बलबहादुर गोदारले बताए । त्यसैगरि शुक्रवार मुल कार्यक्रम गरिने छ ।

त्यस कार्यक्रममा उद्योगीहरुलाई सम्मान अन्तरगत उत्कृष्ठ रोजगारदाता उदोग, उत्कृष्ठ महिला उद्यमी, उत्कृष्ठ युवा उद्यमी, उत्कृष्ठ कृषि उद्यमी, उत्कृष्ठ पर्यटन उद्यमी तथा जिल्लाभरका उद्योगीहरुबाट उत्कृष्ठ उद्योगी छनौट गरि सम्मान गरिने महासचिव हिरामणी भट्टराईले बताए । सोहि दिन रक्तदान कार्यक्रम पनि गरिने कार्यक्रम संयोजक माधव नेपालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित