
बुटवल । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा खुल्याम रुपमा सुर्ती र गुट्काको व्यापार भएको पाइएको छ ।
तिलोत्तमा नगरपालिकाले २०७९ चैत ७ गते सूचना प्रकाशन गरी नगरपालिका भित्र सुर्ती र गुट्खाजन्य कुनै पनि पद्धार्थ विक्री गर्न नपाईने उल्लेख गरेको थियो ।
तर उक्त नियमको ध्वज्जी उडाउँदै मेला आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघले मेलामा खुल्याम रुपमा सुर्ती र गुट्काको व्यापार गर्न दिएको छ ।
मेला स्थलमा स्टलहरु खाली भएपछि आम्दानी कम गरेको तिलोत्तमा उद्योग बाणिज्य संघले जसो तसो खर्च उठाउँन नियम विपरित र राख्नै नमिल्ने स्टललाई पनि जवरजस्ती राखेको छ ।
मेला स्थल सधै जसो सुनसान छ । मेलामा अन्य स्टलहरु पनि स्वदेशी उत्पादनका बस्तुहरु राखिएका छैनन् । मेलामा रमाईलोको लागि भन्दै ‘जुवा’ जस्तै रिङ हान्ने खेलाइएको छ ।
दर्शकको चाम मेलामा नभएपछि मेला ५ दिन थपिएको छ । तर पनि ५ दिन सम्म मेलामा दर्शक ओइरिन्छ भन्ने कुनै आधार छैन् । मेलामा दिनानु दिन दर्शक कम भइरहेका छन् । मेला केवल स्थापनाका लागि स्थापना गरे जस्तै भएको छ ।
मेला १२ गते समापन हुने भनिएपनि ५ दिन थपिएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारीले बताए ।
तस्वीरः न्यूज बुटवल टुडे