‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्री

बुटवल । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा खुल्याम रुपमा सुर्ती र गुट्काको व्यापार भएको पाइएको छ ।

तिलोत्तमा नगरपालिकाले २०७९ चैत ७ गते सूचना प्रकाशन गरी नगरपालिका भित्र सुर्ती र गुट्खाजन्य कुनै पनि पद्धार्थ विक्री गर्न नपाईने उल्लेख गरेको थियो ।

तर उक्त नियमको ध्वज्जी उडाउँदै मेला आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघले मेलामा खुल्याम रुपमा सुर्ती र गुट्काको व्यापार गर्न दिएको छ ।

मेला स्थलमा स्टलहरु खाली भएपछि आम्दानी कम गरेको तिलोत्तमा उद्योग बाणिज्य संघले जसो तसो खर्च उठाउँन नियम विपरित र राख्नै नमिल्ने स्टललाई पनि जवरजस्ती राखेको छ ।

मेला स्थल सधै जसो सुनसान छ । मेलामा अन्य स्टलहरु पनि स्वदेशी उत्पादनका बस्तुहरु राखिएका छैनन् । मेलामा रमाईलोको लागि भन्दै ‘जुवा’ जस्तै रिङ हान्ने खेलाइएको छ ।

दर्शकको चाम मेलामा नभएपछि मेला ५ दिन थपिएको छ । तर पनि ५ दिन सम्म मेलामा दर्शक ओइरिन्छ भन्ने कुनै आधार छैन् । मेलामा दिनानु दिन दर्शक कम भइरहेका छन् । मेला केवल स्थापनाका लागि स्थापना गरे जस्तै भएको छ ।

मेला १२ गते समापन हुने भनिएपनि ५ दिन थपिएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारीले बताए ।

तस्वीरः न्यूज बुटवल टुडे

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित