बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

विमानस्थल पूर्णक्षमतामा संचालन माग गर्दै सिउवा संघद्वारा देउवालाई ज्ञापनपत्र

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल पूर्णक्षमतामा संचालनको माग राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले मंगलबार भैरहवा आएका देउवालाई भेटेर ज्ञापन पत्र बुझाउँदै आफैले उद्घाटन गरेको विमानस्थल अलपत्र जस्तै रहेको भन्दै संचालनका लागि पहलकदमी गर्न माग गरेको हो ।

संघले ७ बुँदे ज्ञापन पत्र बुझाउँदै संघले विश्व सम्पदा सूचिमा रहेको गौतम वुद्धको जन्मस्थल नजिक रहेको विमानस्थल यसरी पूर्ण रुपमा संचालन हुन नसक्नु यस क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधारणका लागि अति नै दुःखदायी कुरा रहेको जनाएको छ । ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय गौरवको आयोजना, लुम्बिनी प्रदेशको गहना, गौतम बुद्ध जन्मस्थल प्रवेशद्वारको रुपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व.शुशिल कोइरालाले शिलान्यास गर्नुभएको थियो ।

निर्माण सम्पन्न भई हजुर (देउवा)को करकमल बाट २०७९ जेष्ठ २ गते समुद्घाटन भए तापनि हालसम्म पूर्णरुपमा संचालन हुन सकेको छैन, २०८० बैशाख २२ गते २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनीमा प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षणसहितको ज्ञापन पत्र हस्तान्तरण गरेका थियौं । आज आठौं महिनासम्म पनि अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुन सकेन भने हाल अलपत्र जस्तो अवस्थामा छ । संचालन गर्न यहाँले पहल गर्नुस् ।’

श्रेष्ठले विमानस्थल पूर्ण रुपमा सूचारु गर्न समन्वयात्मक भूमिका निर्वाह गरिदिन माग गरे । ‘यस विमानस्थलसंग संवन्धित सम्पूर्ण व्यवसाय, पर्यटन र आर्थिक अवस्था समेत नराम्रोसंग प्रभावित भएको छ । यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छौं । यस क्षेत्रको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्थाका लागि माग गर्दछौं’, उनले ज्ञापन पत्र बुझाउँदै भने ।

संघको मागका सम्बन्धमा कुनै सुनुवाई भएन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सूचारु नभएमा संघमा आवद्ध रहेका सम्पूर्ण सदस्यहरु, उद्योगी, व्यवसायीहरु तथा सर्वसाधारण जनता आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमा जनाइएको छ । ‘यस क्षेत्रको तथा देशकै समेत आर्थिक अवस्था चलायमानका लागि टेवा पुग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक समेत सहज हुने हुँदा विमानस्थल पूर्ण संचालनको लागि आवश्यक सहयोग तथा समन्वय गरिदिनु आग्रह गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै देउवाले विमानस्थल पूर्णरुपमा संचालन गर्न आफ्नो तर्फबाट सबै किसिमका पहल हुने जनाए ।

यस्ता छन् संघले देउवालाई बुझाएका ज्ञापन पत्रका बुँदा
१) राष्ट्रिय ध्वजावाहकको उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलाइन्सहरु आकर्षित नभएकाले नेपाल वायुसेवा निगमका जहाज निरन्तर उडानका माग गर्दछौं ।
२) राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–मलेशिया मात्र नभई भैरहवा–दिल्ली, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्न माग गर्दछौं ।
३) बुद्ध जन्मस्थल तथा बौद्ध धर्मलम्बिहरुको हवको रुपमा रहेको प्रवेशद्वार यही भएकाले विश्वका सबै वौद्धिष्ट मुलुकहरुलाई पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिदिनु हुन माग गर्दछौं ।
४) पर्यटन व्यवसायको विकास र विस्तार गरी यस लुम्बिनी प्रदेशको आर्थिक चलायमानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरु मध्ये कम्तिमा २५ प्रतिशत अनिवार्य यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनु हुन अनुरोध गर्दछौं ।
५) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरणहरु शिघ्र सञ्चालनमा ल्याउन माग गर्दछौं ।
६) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन क्षेत्रको सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु. ८० अर्व भन्दा बढी लगानी भैसकेको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको महसुस गरिएको छ । अहिले बैंकले विभिन्न बहानामा धरपकड गरिरहेको छ यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनु हुन माग गर्दछौं ।
७) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पछी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरण गर्नको लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट सेवा पुनः १ वर्ष सम्मका लागि निरन्तरता दिने व्यवस्थाका लागि माग गर्दछौं ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित