३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ ।

मिलले उक्त प्रदूषण न्यूनीकरण गर्नुपर्ने माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् । सुनवलका स्थानीयले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी गराए ।

०४६ सालमा तत्कालीन सरकार र चीनबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका–१ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना गरिएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल ०६२ सालमा निजीकरण गरिएपछि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बताउँछन् ।

सञ्चालकले प्रदूषण न्यूनीकरणका निम्ति आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिस्टिलरीबाट निस्कने धुवाँ, खरानीले बजार प्रदूषित बनेको स्थानीयको भनाइ छ ।

डिस्टिलरीबाट निस्कने फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले बताए ।

प्रदूषण न्यूनीकरणका निम्ति विगतमा विभिन्न सम्झौता गरिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । मिल सञ्चालकले उद्योगबाट निस्कने धुवाँ, खरानी र दूषित पानी न्यूनीकरणका निम्ति कुनै उपाय नअपनाउँदा सुनवलवासी प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए ।

प्रदूषण न्यूनीकरण नगरिए मिल चलाउन नदिने भन्दै उनले आउँदा दिनमा थप दबाब दिन विभिन्न कार्य गर्ने चेतावनी दिए ।

८६ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन गरी तीन कारखाना सञ्चालनमा छन् । मिलबाट निस्कने धुवाँ र खरानी उडेर घरहरूमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै सास लिन समेत अप्ठ्यारो भएको स्थानीयको भनाइ छ ।

डिस्टिलरीबाट निस्कने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित बन्दै गएको संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका अनुसार चिनी मिलबाट सुनवलका १, ३, ४ र ६ नम्बर वडा प्रत्यक्ष मारमा परेको र करिब ७० हजार मानिस प्रभावित छन् ।

प्रदूषण रोकथामका निम्ति संघर्ष समितिले पटक–पटक मिल र सरोकारवालासँग पहल गरे पनि कुनै सुनुवाइ नभएको जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित