‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सैनामैनामा भोलीदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुँदै, तयारी पूरा

बुटवल । रुपन्देहीको सैनामैनामा भोली देखि हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा भोली १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।

सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० भोली देखि हुंदैछ । प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए ।

यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वाेत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार गर्दै खेलाडिहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा करिव १८ लाख खर्च अनुमान गरिएको छ । बिस २०७३ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएसंगै यसको विकास र खेलाडी उत्पादनमा जोड दिन जरुरी रहेको अध्यक्ष पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकास भट्राईले खेलकुद र खेलाडिको प्रोत्साहन क्लवहरुले गरेको भन्दै आफुहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश खेलकुद परिषद् लागेको समेत बताए ।

सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैया सहयोग गरेका छन ।

प्रतियोगितामा लुम्बिनी प्रदेश र अन्य गरि १२ टिमहरुले सहभागिता रहनेछ ।

प्रतियोगिता सञ्चालनका लागि सैनामैना नगरपालिकाले २ लाख र वडा नं. वडा नंं ६ बाट १ लाख रुपैयां सहयोग भएको आयोजकले दावी गरेको छ । बांकी अपुग रकम खेलप्रेमीबाट सहयोग लिने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित