कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सैनामैनामा भोलीदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुँदै, तयारी पूरा

बुटवल । रुपन्देहीको सैनामैनामा भोली देखि हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा भोली १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।

सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० भोली देखि हुंदैछ । प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए ।

यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वाेत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार गर्दै खेलाडिहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा करिव १८ लाख खर्च अनुमान गरिएको छ । बिस २०७३ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएसंगै यसको विकास र खेलाडी उत्पादनमा जोड दिन जरुरी रहेको अध्यक्ष पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकास भट्राईले खेलकुद र खेलाडिको प्रोत्साहन क्लवहरुले गरेको भन्दै आफुहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश खेलकुद परिषद् लागेको समेत बताए ।

सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैया सहयोग गरेका छन ।

प्रतियोगितामा लुम्बिनी प्रदेश र अन्य गरि १२ टिमहरुले सहभागिता रहनेछ ।

प्रतियोगिता सञ्चालनका लागि सैनामैना नगरपालिकाले २ लाख र वडा नं. वडा नंं ६ बाट १ लाख रुपैयां सहयोग भएको आयोजकले दावी गरेको छ । बांकी अपुग रकम खेलप्रेमीबाट सहयोग लिने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित