दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवलमा विद्युत महशुल बक्यौता हुदा राप्ती उपत्यकामा रहेको मन्त्रालयको विद्युत काटियाे

दाङ–लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विद्युत विहिन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाईन कटौती गरेपछी मन्त्रालय विद्युत विहिन हुन पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नाममा वुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछी राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ ।

कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महशुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ ।

सो रकम भुक्तानी गर्ने बिषयमा मन्त्रालयले कुनै जिम्मेवारी नभएपछी बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कटौती गर्नुपरेको दावी रावतको छ ।‘बुटवल कार्यालयबाट पटकपटक पत्रार भए अनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत काट्नुप¥यो’रावतले भने,‘यहाँ मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन् ।

बुटवलको रकम नतिर्दा यहाँबाट विजुली काट्नुप¥यो ।’ राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयमा मंसिर ५ गते विद्युत काटिएको हो । हाल सम्म विजुली जडान नहुदा मन्त्रालयको कामकाज प्रभावित छ ।

बुटवल स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा गैर सरकारी संस्थाको कार्यालय रहेका छन् ।

यता स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले विना जानकारी बिजुली काटिएको बताए ।`पत्र पठाएको २४ घण्टा भित्र बिजुली काटियाे । पैसा नतिर्ने भन्ने हुन्न´सचिवले भने-`महशुल भुक्तानीकाे लागि काम हुदै छ ।´

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित