‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना

विश्व टेलिभिजन दिवसको अवसरमा एलायन्स फर कम्युनिटी मिडिया नेपालले सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ । नेपालका सामुदायिक टेलिभिजनहरुको साझा संस्थाको रुपमा रहेको एलायन्स फर कम्युनिटी मिडियाले देशभरका सामुदायिक टेलिभिजनहरुमा काम गर्ने पत्रकारबाट सामाजिक विकासमा टेवा पुग्ने गरि समाचार लेख्ने पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने जनाएको छ ।

१५ हजार राशिको उक्त पुरस्कार हरेक वर्ष विश्व टेलिभिजन दिवसकै अवसरमा प्रदान गरिएको एलायन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेले नेपालमा स्थापना भएका सामुदायिक टेलिभिजनहरुलाई संगठित गरी उनिहरुको क्षमता विकास र त्यहा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धीका लागि गठन गरिएको मिडियाले टेलिभिजनमा कार्यरत पत्रकारहरुको प्रोत्साहनको लागि पुरस्कार स्थापना गरिएको बताए ।

मिडियाका अध्यक्ष पाण्डेले विश्व टेलिभिजन दिवसको अवसरमा सम्पूणर् टेलिभिजनकर्मीहरुलाई शुभकामना समेत व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित