दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

तिलोत्तमामा ट्रकको ठक्करबाट माधव देवकोटा सहित २ जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमा स्थित ड्राइभरटोलमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको हो । त्यस्तै मोटरसाईकलमा पछाडि सवार एक महिलाको पनि मृत्यु भएको छ ।

महिलाको परिचय खुलेको छैन् ।

देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।

बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडी बाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटा संगै अर्की एक महिलाको समेत घटनास्थलमा मृत्यु भएको हो ।

मृतकहरु दुवैको सब मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित