‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तीन स्वर्णसहित नमस्ते एकेडेमीको श्रीलंकामा उत्कृष्ट प्रदर्शन

श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न १० औं अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा नेपालको रुपन्देही तिलोत्तमा नगरपालिका-१४ स्थित अन्तर्राष्ट्रिय विद्यालय नमस्ते एकेडेमीबाट सहभागी विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

१० औं अन्तर्राष्ट्रिय जापान सोतोकन खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै ३ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका छन् । बन्दरागमन अन्तर्राष्ट्रिय इन्डोर स्टेडियममा भएको खेलमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिब्सका खेलाडीहरुको सहभागिता रहेको थियो।

नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा रहेका नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाहले कुमिते बिधामा एक स्वर्ण र काँता बिधामा १ रजत तथा बेद जैसवाल र अन्स चौधरीेले कुमिते बिधामा स्वर्ण पदक प्राप्त गर्न सफल भए । त्यसै गरी आइलेसजङ्ग थापाले रजत पदक र नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कास्य पदक प्राप्त गरे । एकेडेमीबाट सहभागी ७ जना विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल र नेपालीको नाम दक्षिण यसियामा चम्काउन सफल भएको टिम व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।

समुदघाटन समारोहमा नेपाल र नेपाली खेलाडीको खेललाई हौसला दिन श्रीलंका पुगेका नेपालका चर्चित न्युरोलोजिस्ट डाक्टर लेखजङ्ग थापाले आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे । सहभागी राष्ट्रका खेलाडीलाई हौसला दिँदै यस्तो भव्य र सभ्य खेल आयोजना गर्ने श्रीलङ्कन कराँते एसोसिएसनलाई रु एक लाखको चेक हस्तान्तरण गरे । नेपाल र नेपालीको नाम विदेशी भूमिमा चिनाउन सफल कराँते र यसका खेलाडी, कोच र रेफ्रीलाई राज्यले उचित ध्यान दिनु पर्ने खेल प्रशिक्षक कमरुद्दिन अलीले बताए।

नमस्ते एकेडेमीले यसअघि २०२२ मा श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो । कराँते च्याम्पियनपछि श्रीलंकाका विभिन्न शैक्षिक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित