‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

बुटवल। बुटवल जेसीजले आफ्नो स्वर्णजयन्तीका अवसरमा नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना गर्ने भएको छ । देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने महाधिवेशन यही मंसिर २८ गतेदेखि पौष २ गतेसम्म संचालन हुने बुटवल जेसीजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

नेपाल जेसीजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले बुटवल जेसीजको ५० औँ वर्षको अवसरमा राष्ट्रिय जेसिजको महाधिवेशन गर्न पाउनु बुटवलका लागि धेरै नै गर्वको कुरा भएको बताए । बुटवल जेसीजले यस भन्दा पहिला दुई वटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रुपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशक पोखरेलले बताए ।

यस्तै नेपाल जेसिजका पूर्व अध्यक्ष अनुपमान शैजुले यस महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान गराउनका लागि धेरै टेवा पुराउने बताए । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुँवरले पनि बुटवल जेसिजको स्वर्णजयन्तीको अवसरमा ५० औँ राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठूलो अवसर भएको बताउँदै यसले बुटवलको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुराउने बताए ।

महाधिवेशनले वर्ष भरिका गतिविधिहरुको रिपोर्टिङ तथा कार्ययोजना निर्माणसँगै नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन सचिव सिनेटर मनोज भट्टराईले बताए । साथै महाधिवेशनको अवरसमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा प्रभातफेरि गरिने महासचिव भट्टराईले बताए ।

महाधिवेशनलाई भव्य, प्रभावकारी र ऐतिहासिक रुपमाा आयोजना गर्न वर्ष २००७ पछिका १५ जना पूर्व अध्यक्षहरु ग्ठित समितिको संयोजकm १२ जना पदाधिकारी सहसंयोजक सहित र ८० जना सदस्यहरु विभिन्न उपसमितिमा, वर्ष २००७ भन्दा अघिका १२ जना पूर्व अध्यक्षहरुको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार गठन गरिएको महाधिवेशन सचिव सिनेटर भट्टराईले जानकारी गराए ।

साथै महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार खर्च लाग्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित