भैरहवा भन्सार आंशिक सञ्चालनमा रूपन्देहीमा तीन दिनपछि हट्यो निषेधाज्ञा र कर्फ्यू जेनजी प्रदर्शन : खरानी भयो तिलोत्तमामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, सयौँ युवाको रोजगारी संकटमा जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो रुपन्देहीमा आगजनी र तोडफोड, विमानस्थलदेखि नेताका घरसम्म लक्षित प्राचार्य नरेन्द्रका एक्ला छोरा सुलभमानको जेनजी आन्दोलनमा निधन बुटवलका सम्पूर्ण विद्यालय आज बन्द बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि                
समाचार :

आजको मौसम : तीनवटा प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको हो ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित