काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

बुटवलमा ३ दिने दीपावली महोत्सव सुरु

बुटवल । बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ सुरु भएको हो ।

दीपावली महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बाेल्दै नगरप्रमुख पाण्डेयले बुटवलकाे विकास सबैकाे साझा विषय रहेकाे बताउदै नगरपालिकाले सबैसंग सहकार्य गर्ने बताए । उनले हिजाे चलनचल्तीमा हुँदै आएकाे व्यापार व्यवसायलाई आधुनिक परिवेश अनुसार परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष हरीप्रसाद अर्यालले बुटवलकाे खस्किदाे व्यापारलाई उठाउनकाे लागि बुटवलकाे मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महाेत्सव आयाेजना गरिएकाे र यसमा साथ सहयाेग गर्नकाे लागि आग्रह गर्दै सहभागिताकाे लागि पनि अनुराेध गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महाेत्सव मात्रै नभएर देउसी भैलाे लगायतका सांस्कृतिक कार्यक्रमलाई माैलिक बनाउन र भड्कीलाे नगराउन आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टाेल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दीपावली महोत्सवमा बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रुपमा रहेका छन् । तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्रि वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुती समेत रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले जानकारी गराए ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ । बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गरिएको संघका महासचिव मुक्ति अधिकारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित