जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

लुम्बिनी प्रदेशमा भागवण्डा गरी अस्पताल विकास समिति अध्यक्ष नियुक्त

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको छ। राजनीतिक भागबन्डाको आधारमा अध्यक्ष नियुक्त गरिएको हो । सत्तारूढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरूको भागबन्डामा सरकारले अस्पताल विकास समिति अध्यक्ष मनोनयन गरेको हो।

१३ वटा अस्पतालमध्ये माओवादीले ४ र बाँकी अस्पताल कांग्रेसलगायत अन्य साना दललाई अध्यक्ष दिइएको छ। दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको अस्पतालको अध्यक्षमा माओवादी केन्द्र र बाँकी अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेसलगायत अन्य दलका व्यक्तिलाई अध्यक्ष बनाइएको छ।

अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली, २०८० को नियम ३ को उपनियम९१० को खण्ड९क० बमोजिम स्वास्थ्य मन्त्रालको कार्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ। नियुक्तिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्वन्धित अस्पताललाई बोधार्थ पठाईएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ, प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको छ।

यस्तै, कपिलबस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा। अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई नियुक्त गरेको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा दिपक शाहलाई नियुक्त गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित