‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले स्वास्थ्य विभागले ग¥यो गैडहवामा स्वास्थ्य शिविर

बुटवल। स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला गैडहवामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्ला क्षेत्र नम्बर ५ का जनतालाई लक्षित गरी गैडहवा गाउँपालिका वडा नम्बर ८ मा हेल्थ क्याम्प गरिएको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट, भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले उदघाटन गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष केसीले स्वास्थ्य विभागले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । केसीले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभागले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे । शिविरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तथा विभाग प्रमुख सुनील श्रेष्ठले वार्षिक कार्ययोजना अनुसार शिविर गरिएको बताए । श्रेष्ठले घुम्ती स्वास्थ्य शिविर गर्न सरकारसँग गाडीको पहल गर्ने योजना रहेको बताए । चेकजाँच गरेका विरामीलाई अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।
कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष भुवनबहादुर राना, क्षेत्रीय संयोजक जीवनाथ पौडेल, एमाले गैडहवा गाउँपालिकाका इन्चार्ज टिकाराम रिजाल लगायतले बोलेका थिए । विभागले यसअघि रोहणी, सम्मरीमाई, सैनामैनामा पनि शिविर गरिसकेको छ । अहिलेसम्म सबै शिविरमा गरेर १० लाख रुपैयाँ बराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । अहिलेसम्मका शिविरबाट २ हजार ५०० जनाले सेवा लिएका छन् । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित