दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

एमाले स्वास्थ्य विभागले ग¥यो गैडहवामा स्वास्थ्य शिविर

बुटवल। स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला गैडहवामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्ला क्षेत्र नम्बर ५ का जनतालाई लक्षित गरी गैडहवा गाउँपालिका वडा नम्बर ८ मा हेल्थ क्याम्प गरिएको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट, भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले उदघाटन गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष केसीले स्वास्थ्य विभागले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । केसीले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभागले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे । शिविरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तथा विभाग प्रमुख सुनील श्रेष्ठले वार्षिक कार्ययोजना अनुसार शिविर गरिएको बताए । श्रेष्ठले घुम्ती स्वास्थ्य शिविर गर्न सरकारसँग गाडीको पहल गर्ने योजना रहेको बताए । चेकजाँच गरेका विरामीलाई अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।
कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष भुवनबहादुर राना, क्षेत्रीय संयोजक जीवनाथ पौडेल, एमाले गैडहवा गाउँपालिकाका इन्चार्ज टिकाराम रिजाल लगायतले बोलेका थिए । विभागले यसअघि रोहणी, सम्मरीमाई, सैनामैनामा पनि शिविर गरिसकेको छ । अहिलेसम्म सबै शिविरमा गरेर १० लाख रुपैयाँ बराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । अहिलेसम्मका शिविरबाट २ हजार ५०० जनाले सेवा लिएका छन् । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित