प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

गुल्मीका पराजुलीको सडक दुर्घटनामा मृत्यु, परिवारको बिचल्ली

गुल्मी । सबैको घरमा दशै भित्रिदैँ थियो । देश विदेशमा रहेका मानिसहरु घर फर्किदै थिए । तर गुल्मी अर्जैका देविराम पराजुली भने घरबाट भारततिर हिँडे गत असोज २८ गते । छ महिना अघि भारतमै सडक दुर्घटनामा परि बचेर घर फर्किएका उनी त्यहाँको एक अस्पतालले चलाएको औषधि लिन फेरि भारत गएका थिए र औषधि लिएर दशै मान्न घर आउछु भनेर परिवारलाई बताएका थिए । तर कार्तिक ४ गते फुलपातिको दिन उनी उत्तर प्रदेशको मथुरा स्थित सडक दुर्घटनामा मृत्यु भयो भन्ने खबरले पराजुली परिबारको दशैँ दशामा परिणत हुन पुग्यो ।

४० वर्षिय पराजुलीलाई हिडिरहेको अबस्थामा गाडिले किचेर मृत्यु भएको तस्वीर हामीलाई पनि त्यहाँ बाट पठाईयो । जुन हेरिसाध्य थिएन । घाजैघाजा टाउको र बेहाल शरिर थियो । घरबास समेत नभएको त्यो परिवारमा ठुलो विचल्लि आई लाग्यो । श्रीमति लक्ष्मि पराजुली १२ वर्षिय जेठा छोरा मनिष सहित चार सन्तान घरमा छ्न ।

मालिका गाउँपालिका ६ मा पर्दछ अर्जै गाउँ । सोहि गाउँका कलाकार सन्तोष केसि र सोहि गाउँ पुर्खेयौलि घर भई बुटवल गोलपार्कमा घर हुने चन्द्र पराजुली बिच छ्लफल भयो र त्यो परिवारको उद्दारका लागि सहयोग संकलन अभियान सुरु गर्ने निर्णय भयो । नभन्दै शुक्रवार मृत्युको २० दिनसम्म आई पुग्दा चन्द्र पराजुलीको नेतृत्वमा ३ लाख १२ लाख संकल भई परिवारजनलाई तम्घास बोलाएर पराजुलीले हस्तान्तरण गरिएको छ ।

सहयोगदाता प्रति मृतककि श्रीमति , आमा दुर्पति पराजुली र छोरा मनिषले कृतज्ञताको मुद्रमा सहयोग ग्रहण गरेका थिए । मृतकका चार सन्तानलाई बिन्दबासिनि फाउन्डेसनले अर्जै माविमा एसईई सम्म निशुल्क पढाई दिने घोषणा गरेको छ । संकलनकर्ता चन्द्र पराजुलीले त्यो परिवारको घर बनाई दिन सहयोग अभियान सुरु गरेको बताउँदै सहयोगदातालाई धन्यवाद दिदै थप सहयोगदातासँग सहयोगको अपिल गरेका छ्न् । उनका अनुसार अमेरिकामा रहेका अशोक ज्ञवालिले १५ हजार १११ सबै भन्दा बढि सहयोग गरेका छ्न् ।

सोहि स्थानमा रहेका चन्द्र पराजुलीले १२ हजार ५ सय सहयोग गरेका छ्न् । सन्तोष केसी , भागिरथ भण्डारीले १०/१० हजार सहयोग गरेका छ्न । नरदेव भण्डारीले ७ हजार, कृष्ण पराजुली , चन्द्र पराजुली , शेर बहादुर पराजुली , भिम बहादुर भण्डारी र बिनोद अर्याल जैसिले ५/५ हजार सहयोग गरेका छ्न् । त्यो भन्दा तल सहयोग गर्नेहरू १०६ जना रहेका छ्न् ।

ग्लोबल आवाज बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित