बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

भूकम्प पीडितका लागि तिलोत्तमाको मिरा कोषले १ लाख बढि आर्थिक सहयोग गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने बताए ।

‘सानो सहयोग भएपनि हामी यो दुःखको अवस्थामा साथ दिनुपर्छ भनेर सहयोग गर्ने निर्णय गरेका हौ । सानो सानो सहयोग जुटेर ठुलो हुने हो’ उनले भने ।

साथै उनले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

भुसालले कोषले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा अप्ठयारा परेकाहरुलाई सहयोग गर्दै आएको भन्दै प्रत्येक बर्ष ४ लाख बढि रकम कोषबाट खर्च गरिने बताए ।

०७८ सालमा स्थापना भएको ट्रसले प्राकृतिक प्रकोप, एकल महिला, बालबालिका, दुर्गम क्षेत्रका विद्यालयका जेहेन्दार विद्यालय, दिर्घ रोगीहरुलाई सहयोग गर्दै आएको छ ।

अध्यक्ष शर्माले ०७९ सालमा मात्र कोषबाट साढे ३ लाख बढि रकम सहयोग बापत खर्च गरिएको बताए ।

कोषबाट गत बर्ष गंगा आधारभुत विद्यालय गुल्मी चारपाला, दमकडा नमुना माध्यमिक विद्यालय पाल्पा, हाम्रो सगरमाथा आधारभुत विद्यालय तिलोत्तमा, रुरु गौशाला आश्रम, गणेशमान सैजु बृद्धा आश्रम बुटवललाई सहयोग गरिएको उनले बताए ।

मिरा कोषका संरक्षक मिरा शर्माले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको भन्दै यो विपत्तमा सवै एक ठाउँमा उभिएर सहयोग गर्नुपर्ने बताईन ।

भूकम्पले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सरकारलाई उद्धार तथा राहतमा प्रभावकारी ढंगले काम गर्न आग्रह गरिन् ।

कोषमा हाल १० लाख १४ हजार रुपैयाँ रहेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित