‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा सिद्धार्थ केवलकार मंसिरमा सञ्चालन गर्ने तयारी 

बुटवल । बुटवलमा मंसिर भित्रै अर्को नयाँ केवलकार सिद्धार्थ केवलकार सञ्चालनमा आउने भएको छ ।

हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । मंसिर देखि सिद्धार्थ केवलकार सञ्चालनमा आउने तयारी भए संगै यी दुई केवलकारले यस क्षेत्रमा आर्थिक एवं पर्यटकिय गतिविधि चलायमान गराउने अपेक्षा गरिएको छ ।

सिद्धार्थ केवलकार प्रा.लीका अध्यक्ष राजेन्द्र सिंह गुरुङले अबको डेढ महिना भित्र केवलकार सञ्चालन गर्ने तयारी अनुसार अन्तिम चरणका कामहरु भइरहेको बताए ।

‘योजना अनुसार निर्माणको काम सम्पन्न भएको भए दुई बर्षमा सम्पन्न हुने थियो । तर विविध कारण सम्पन्न हुन सकेन । अब रोपवे जडान गरेर परिक्षण गर्ने अन्तिम तयारीमा छौ । तिहार लगत्तै सुरु गर्ने योजना बनाएका छौ’ उनले भने ।

ीसद्धार्थ केवलकारको तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ०७७ फागुन ९ गते शिल्यनास गरेका थिए । शिल्यनास गर्दा २ बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

केवलकारको अलवा त्यहाँ रिसोर्ट सहितका अन्य पुर्वधार निर्माण हुने प्रा.लीले जनाएको छ । यी सवै परियोजनाको कुल लागत १ अर्ब रहेको छ । केबलकार सञ्चालन पछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको प्रा.लिका अध्यक्ष गुरुङले बताए ।

सिद्धार्थ केवलकार र लुम्बिनी केवलबारको निर्माणको सुरु १ साता फरकमा गरिएको थियो । तर चन्द्र ढकाल समुहले लुम्बिनी केवलकार द्रुत गतिमा निर्माण गरी सञ्चालनमा ल्याइसकेका छन् ।

टिकटदर १ हजार तोकेपनि सुरुवातको चरणमा छुट भन्दै ७ सय कायम गरिएको छ । बेला बेला चाडपर्वको छुट भन्दै ५० प्रतिशत सम्म छुटमा लुम्बिनी केवलबारले टिकट विक्रि गर्ने गरेको छ ।

एक हजार टिकटदर कायम हुँदा चर्को विरोध भएपछि लुम्बिनी केवलकारले रकम घटाएको थियो । अब सिद्धार्थ केवलकार सञ्चालनमा आएमा यात्रुले बढिमा ५ सयमै केवलकारको यात्रा गर्न पाउँनेछन् ।

सिद्धार्थ केवलकारमा भने बुटवलकै ८० भन्दा बढि लगानीकर्ता छन् । देउराली डाँडादेखि दुई किलोमिटर केबलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

बुटवल बजारको अवलोकन गर्दै हरियाली जंगलको माथीबाट गरिने केबलकारको यात्रामा प्राकृतिक दृश्यावलोकन समेत गर्न सकिने भएकाले पनि नुवाकोटमा सिद्धार्थ केवलकार सहजै सञ्चालन हुने प्रा.लीले बताएको छ ।

अध्यक्ष गुरुङका अनुसार मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकोले केबलकारको संचालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ ।

पच्चिस वटा गोण्डला रहेको केबलकारमा शुरुआतमा दैनिक ५ हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक १० हजार सम्म यात्रु बोक्न सक्ने छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित