भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तस्वीरमा हेर्नुहोस्– ८ बर्षमा नसकिएको बुटवलको साढे ३ किलोमिटर सडक विस्तार

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको झण्डै साढे ३ किलोमिटर सडक निर्माण सम्झौता भएको ८ वर्षसम्म पनि सम्पन्न नभएपछि निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरिएको छ।

२०६९ सालमा ४ लेनमा निर्माण गरिएको यो सडकखण्ड ८ वर्षअघि ६ लेनमा विस्तार सुरू गरिएको थियो। सुरुका केही वर्ष घरधनीकै अवरोध र साइट क्लियर नहुँदा विस्तार हुन नसकेको सडक अहिले विवादमुक्त भइसक्दा समेत निर्माण कम्पनीको लापरबाहीका कारण गति लिन सकेको छैन।

मुलुकको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा परिचित बुटवलको मुख्य बजार क्षेत्रकै सडक समयमै सम्पन्न नहुँदा व्यवसायीदेखि यात्रु सबैले सास्ती पाएका छन्। व्यवसायीहरूका पसल अगाडि नाली निर्माणको काम सुरू गरेर छाडिँदा पशु चौपाया नालामा पर्ने गरेका छन्। व्यवसायीहरूलाई समेत व्यापारमा असहज भएको छ।

पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने सडक खण्डका कारण सडक छेउका व्यापारीका समानहरू पनि बिग्रने गरेका छन्। लामो समयदेखि अलपत्र सडक समयमै सम्प

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी लम्साल ।

न्न गर्न सबै पक्षबाट ताकेता भए पनि सडक निर्माणको जिम्मा पाएको दि कञ्चनजङ्गा जेबीले अटेरी गरिरहेको छ।

मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डीबीएमको काम मात्रै सम्पन्न भएको छ। पिचको काम सुरू भएको छैन।अहिले चौराहदेखि गोलपार्कसम्मको मेन क्याजवेयमा लेभल मिलाउने गरि मात्र पिच भएको छ। तर, सडक छेउछाउको काम भने अधुरै छोडिएको छ।

मेन क्याजवेयमा लेभल मिलाउने पिच भएपछि अहिले सै तैँ चुप मैँ चुप भएका छन्। सडकको दायाँ र बायाँ नालीसहितको सर्भिस लेन निर्माणकै अवस्थामा छ।

पहिलो सम्झौताअनुसार यो सडक २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने थियो। तर, पटक-पटक म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले काम गरिरहेको छैन। काम निकै सुस्त गतिमा छ।

हाल यो सडक खण्डमा ५० प्रतिशत काम मात्र पूरा भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ। डिभिजन कार्यालय बुटवलका प्रमुख (डीई) विसुनदास लामाले निर्माणको जिम्मा पाएको ठेकेदारले नै काम धिमा गतिमा गर्दा सडक समयमै सम्पन्न नभएको बताए।

पटक-पटक म्याद थप्दा समेत प्रगति शून्य जस्तै रहेको लगायतका विवरणसहित माथिल्ला निकाय अर्थात् निर्देशनालयमा पत्राचार गरिएको डीई लामाले बताए।

कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले असार देखि म्याद थप नभएको र कन्टयाक्टर पनि सम्पर्कमा नभएकाले अब ठेक्का तोड्ने अन्तिम तयारी गरेको बताए।

निर्माण कम्पनीका सञ्चालक पेम्बा लामा समेत अहिले यस क्षेत्रका इन्जिनियरको सम्पर्कमा समेत छैनन्। कम्पनीका प्रतिनिधि समेत लामो समयदेखि कार्यालयको सम्पर्कमा नआएको उनले बताए।

‘गएको असारदेखि म्याद सकिएको छ। काम ठप्प छ। काम गर्न बारम्बार ताकेता गरे पनि काम नभएपछि हामीले माथिल्लो निकायमा सबै पत्राचार गरेका छौँ। सायद छिट्टै ठेक्का तोडिन्छ र नयाँ ठेक्का लाग्छ’, उनले भने।

ठेकेदारलाई पेश्कीसहित झण्डै ३५ करोड भुक्तानी

काम नै समयमा नगर्ने दि कञ्चनजङ्घा-बिरुवा जेभीले पेश्कीसहित ३५ करोड बढी भुक्तानी लगिसकेको छ। हालसम्म २७ करोड ४० लाख ६७ हजार रूपैयाँ भुक्तानी लगेको साथै ७ करोड ४६ लाख रूपैयाँ बराबरको पेश्की लगेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पटक-पटक गरेर भुक्तानी भएको बताए। त्यस्तै उनले म्याद थप हुँदा समेत कामको प्रगति नभएपछि यस बारे नयाँ विकल्पको खोजी गर्न माताहतका नियकायमा प्रतिवेदन पठाएको समेत बताए।

बुटवलको ३.२५ किमी सडक ६ लेनमा विस्तार गर्न दि कञ्चनजङ्घा जेभी नामको निर्माण कम्पनीसँग भ्याटसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रूपैयाँमा २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो।

तर, ८ वर्षमा यो सडकको काम आधा पनि सकिएको छैन। तीन पटकसम्म म्याद थपिए पनि प्रगति नभएपछि सम्बन्धित अधिकारीहरू ठेक्का तोड्ने मनस्थितिमा पुगेको स्रोतले बतायाे। यद्यपि सम्बन्धित कार्यालयले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन।

सडकको अवस्था हेरिरहेका सम्बन्धित इन्जिनियरहरूले रायसहितको विस्तृत प्रतिवेदन सडक निर्देशनालय काठमाडौंमा पठाइसकेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित