‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सर्वोत्कृष्ट नजिता हासिल गर्दै लुम्बिनी बाणिज्य क्याम्पस

बुटवल । बुटवल देविनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसले एकपछि अर्को गर्दै सफलता प्राप्त गरेको छ । शैक्षिक क्षेत्रमा अव्वल मानिएको क्याम्पसले पछिल्ला दिनहरुमा त्रिभुवन विश्वविद्यालयले ल्याउने परीक्षामा सर्वोउत्तृष्ट अंक ल्याउन सफल भएको छ ।

व्यवस्थापन संकायमा विशिष्टकृत विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणित समेत भएको क्याम्पसले हालै सार्वजनिक भएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत वि.वि.एम सातौ सेमेष्टरमा त्रिभुवन विश्वविद्यालय तेस्रो भएको छ ।

क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले वि.वि.एम सातौ सेमेष्टरको परीक्षामा सहभागि भएका ७५ विद्यार्थीहरु मध्ये त्रिभुवन विश्वविद्यालय तेस्रो स्थान हासिल गर्दै ४६ जना विद्यार्थीहरु विशिष्ट श्रेणीसहित सत प्रतिशत विद्यार्थीहरु उत्र्तिण भएको बताए ।

विद्यार्थी सिमल श्रेष्ठले ३ दशमलव ९७ ग्रेड ल्याउँदै त्रिभुवन विश्वविद्यालय तेस्रो स्थान हासिल गरेकी हुन । त्यस्तै रितु चौहानको ३ दशमलव ९५ र कविता बेल्बासेको ३ दशमलव ९६ ग्रेड आएको क्याम्पस प्रमुख उपाध्यायले बताए ।

त्यस्तै वि.वि.एस दोस्रो बर्षको बार्षिक परीक्षामा आयुष्मा रेश्मी मगर त्रिभुवन विश्वविद्यालयमा प्रथम भएकी छन् । उनले ८४ दशमलव ४० प्रतिशत ल्याउँदै प्रथम भएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित