बाणिज्य क्याम्पसकी आयुश्मा रेश्मी त्रिभुवन विश्वविद्यालय प्रथम

बुटवल । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत कपिलवस्तुकी आयुश्मा रेश्मी (मगर)त्रिभुवन विश्वविद्यालय प्रथम भएकी छन् । उनले बिबिएस दोश्रो वर्षको बार्षिक परीक्षामा विश्वविद्यालय प्रथम हुन सफल भएकी हुन् ।

उनले ८४ दशमलव ४० प्रतिशत अंक ल्याएकी छन् जुन विश्वविद्यालयमै उच्च हो ।

क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले रेश्मीको मेहनत र परिश्रम एवं शिक्षकहरुको लगावले यो नजिता आएको बताए ।
साथै विद्यार्थी आयुश्मा रेश्मीले आफ्नो र शिक्षकहरुको मेहनतले नै यो सफलता प्राप्त गरेको बताईन ।

बाणगंगा २ स्थित जनता माध्यमिक विद्यालयबाट वि.स. २०७२ सालमा रेश्मीले एसएलसी दिएकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित