बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सहायक प्राचार्यमा कृष्णप्रसाद खनाल नियुक्त

बुटवल ५ मा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा ११ र १२ तर्फ सहायक प्राचार्य पदमा कृष्णप्रसाद खनाल नियुक्त भएका छन्।

लामो समयदेखि सोही क्याम्पसमा अध्यापन गराउँदै आएका खनाललाई सोमवार एक समारोह विच क्याम्पस प्रमुख विष्णु प्रसाद राना र व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण लाल जोशीले पदभार गराएका छन् ।

शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखी मास्टरसम्म अध्ययन हुने यो क्याम्पस २८ सय भन्दा धेरै विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । कक्षा ११ र १२ मा ६ सय विद्यार्थी रहेका छन् । नव नियुक्त खनालले कुशल नेतृत्व प्रदान गर्दे नैतिक र गुणस्तर शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

बुटवलमा रहेको शैक्षिक अग्रणिसंस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस जहाँ कक्षा ११ देखि स्नातकोत्तर सम्म ब्यवस्थापन र शिक्षा पढाई हुन्छ ।

यसै बर्ष एमबीएस दोस्रो बर्षमा पुजा थापाले ३.९५ जीपीएसहित नेपाल प्रथम र रिता श्रेष्ठ ३.८८जीपीएसहित नेपाल तृतीय भएकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित