शिव खाेलामा ट्रक दुर्घटना, ट्रकभित्रै च्यापिएका चालककाे उद्दार कार्य जारी

दाङ र बाँकेकाे सिमानामा पर्ने शिव खाेलामा ट्रक दुर्घटनामा परेकाे छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्रगत दाङको लमही नगरपालिका- ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेकाे थियाे।

भैरहवाबाट नेपालगञ्ज‍तर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खसेको हाे। चालक च्यापिएकाे र उनकाे उद्दारकाे प्रयास भइरहेकाे छ।

घाइते अवस्थामा रहेका चालकलाई उद्दारकाे प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

साढे दुई घण्टादेखि चालक घाइते अवस्थामा ट्रकभित्र च्यापिएका हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित