लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मुक्तिनाथधाममा संकटमाेचन अनुष्ठान,मुख्यमन्त्री चाैधरीले गरे उद्घाटन

बुटवल १२ मा अवस्थित मुक्तिनाथधाममा संकटमाेचन अनुष्ठान शुभारम्भ भएको छ । श्रावणमहिनाको पहिलाे साेमबारका दिन आज लुम्बिनी प्रदेशका मुख्मन्त्री डिल्ली चाैधरीले रुद्धाभिषेक सहित शिवमहोत्सव संकटमाेचन अनुष्ठान उद्घाटन गरेका हुन् ।

चाैधरीले धामलाइ ऐतिहासिक स्थलका रुपमा विकास गरिने र सरकार धार्मिक पर्यटन मार्फत् आर्थिक समृद्धीको दिशामा अघि बढेको बताए ।

सो अवसरमा बुटवल नगर प्रमुख खेलराज पाण्डेय लगायत,उपप्रमुख साबित्रादेवि अर्याल लगायतले पूजाअर्चना गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री चाैधरीलाइ अभिनन्दन समेत गरिएको थियो ।

धाममा प्रमुख संरक्षक स्वामी लोकानन्दले प्रदेशकै मुल धामको रुपमा मुक्तिनाथधामलाई स्थापित गरिएको बताउनुभयो । उहाँले धामको गुरुयोजना पूरा गर्नए थप ४ करोड आबश्यक रहेको उल्लेख गरे । धाममा बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो । धाममा अनुष्ठान अवधिभरमा चार कराेड दीप बालिने छ भने संगीतमय कथा वाचन भने कृष्ण सुवेदीले गरेका थिए ।

साउनको पहिलो सोमबार आज देशभरका शिवधामहरुमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, ब्रत, दर्शन एवं जल चढाउने परम्परा छ ।

साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा गर्ने चलन बढ्दै गएको छ । यस्मा युवापुस्ताको पनि बाक्लो सहभागिता हुँदै गएको देखिन्छ ।  साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले शिवधामहरुमा बिहानैदेखि श्रद्धालुको ओइरो लागेको धामका प्रमुख संरक्षक स्वामि लाेकानन्दले जानकारी दिए ।

रुपन्देहीका शिवधामहरु मुक्तिनाथधाम, सैनामैनाको पर्रोहा परमेश्वर बोलबमधाम, नरेनापुर शिवधाम, सिद्धबाबाधाम, निलकण्डबाबा धामहरुमा पनि बिहानैदेखि भक्तजन जर्लापणका लागि पुगेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित