‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रदेशमा २७ जनाको सर्पको टोकाइबाट मृत्यु

बुटवल । ११ महिनाको अवधिमा लुम्बिनी प्रदेशमा २७ जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

३१७ जनालाई सर्पले टोकेको मध्ये २५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ । प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै सर्पको टोकाइबाट मृत्यु रुपन्देहीमा भएको छ ।

रुपन्देहीमा ११ जनाको मृत्यु भएको छ । कपिलबस्तुमा ३ जनाको मृत्यु भएको छ । दाङमा १, बाँकेमा ८, बर्दियामा ३ र नवलपरासीमा १ जनाको मृत्यु भएको छ ।

पहाडी तीन जिल्ला गुल्मी, अर्घाखाँची, रुकुम पूर्व जिल्लामा भने अहिले सम्म सर्पले टोकाइबाट मृत्यु नभएको निर्देशनालय जनाएको छ ।
तथ्याङक अनुसार रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया,बाँकेमा सर्पको टोकाइ उच्च छ ।

जिल्ला रुपन्देहीमा ११३ जनालाई सर्पको टोकेको थियो । यस्तै, कपिलवस्तुमा १५ जना, दाङमा ४२, बाँकेमा ९८, बर्दियामा ८, पाल्पामा ३३ जना, रोल्पामा ७ जना, प्युठानमा १ जनालाई सर्पले टोकेको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेका अनुसार साउनदेखि जेठ मसान्तसम्म सर्पको टोकाइबाट २७ जनामध्ये १३ जनाको अस्पताल नल्याउँदै बाटोमै मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा अहिले १४ वटा सर्प दंश उपचार केन्द्र रहेका छन् ।

३ वटा नेपाली सेना र अन्य स्वास्थ्य मन्त्रालयले आफ्ना अस्पताललाई सर्प दंशको उपचारको केन्द्रको रूपमा खडा गरेको छ । तर सर्पदंशका उपचार केन्द्रहरू भए पनि अझै घरमै या उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु हुने संख्या धेरै देखिएको छ ।

कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मर्ने क्रम बढेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले सर्पदंशका कारण हुने मृत्यु घटना रोक्न प्रदेशमा रहेका सर्पदंश उपचार केन्द्रमा भ्याक्सिन, दक्ष जनशक्ति लगायतको व्यवस्था गरिएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित