
बुटवल । रोटरी क्लब अफ बुटवलको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बीच वर्ष २०२२÷०२३ का अध्यक्ष बोनिन पियाले वर्ष २०२३÷२४ का अध्यक्ष करुण खनाललाई पद हस्तान्तरण गरेका थिए ।
पदस्थापन कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको भन्दै अझ बढी क्रियाशिल भएर रोटरी अघि बढ्नुपर्ने बेला आएको बताए ।
रोटरीमा युवाहरुको नेतृत्व स्थापित गर्नका लागि पहल भैरहेको भन्दै यसले रोटरीलाई अझ बढी क्रियाशिल हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले रोटरी इन्टरनेशनल र रोटरी डिष्ट्रिकले लिएको लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न पनि रोटरी क्लव अफ बुटवललाई आग्रह गरे ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर ध्वजूले अध्यक्ष करुण खनाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष खनालले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै वर्ष २०२२÷२३ का सचिव लालहरि पाण्डेले वर्ष २०२३÷२४ का सचिव तारानाथ भट्टराईलाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्लवका अध्यक्ष करुण खनालले वर्ष २०२३÷२४ का लागि आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । अध्यक्ष खनालले अहिलेसम्म यो क्लव मातहत १२ वटा रोटरी क्लव, ६ वटा रोट¥याक्ट क्लव, ३ वटा इन्ट¥याक्ट क्लव र तीनवटा आरसिसी क्लव रहेको भन्दै आफ्नो कार्यकालमा यसलाई थप बिस्तार गर्ने योजना बनाएको बताए ।
त्यस अवसरमा मिस नेपाल श्रृक्षा प्रधान, प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्य, रोटरी क्लव अफ पाल्पा लुम्बिनीका चार्टड प्रेसिडेन्ट गोपाल पोख्रेल, रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष अर्जुन खनाल, इन्ट¥याक्ट क्लव अफ पामिर एकेडेमीका अध्यक्ष आयुष्मा ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्लवका पुर्व अध्यक्ष तथा क्लव मेन्टर हरिप्रसाद पौडेल, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्री, रोट¥याक्ट इन्टरनेशनल डिष्ट्रिक ३२९२ का लक्ष्मण खरेलल, क्लवका प्रेसिडेन्ट इलेक्ट करुण खनाल, सचिव लालहरि पाण्डे, गोपालप्रसाद अधिकारीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो ।
कार्यक्रममा नयाँ सदस्यको रुपमा न्यूरो सर्जन डा. पवन श्रेष्ठ, फर्मासिस्ट रुचिका पोख्रेल, व्यवसायीहरु डिआर पन्थी, प्रेमराज गैरे, महेन्द्र उपाध्याय, पत्रकार नवराज कुँवर, व्यवसायीहरु रमेश रौनियार र भिमलाल न्यौपाने इण्डक्सन गराइएको थियो । नयाँ सदस्यहरुलाई एसाइन एजी सुरज क्षेत्रीले इण्डक्सन गराएका थिए भने डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले क्लवको पिन प्रदान गरेका थिए ।