‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

‘प्रदेशलाई २५ प्रतिशत कर तिर्न सकिँदैन’

सामुदायिक वन उपभोक्ता समूह चरणबद्ध आन्दोलनमा उत्रिएको छ । आम्दानीको २५ प्रतिशत राजश्व प्रदेश सरकारलाई बुझाउनुपर्ने सरकारको निर्णयविरूद्ध सामुदायिक वन उपभोक्ता समूहहरू आन्दोलनमा उत्रिएका हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले बिहीवार लुम्बिनी प्रदेशसभा देउखुरीमा धर्ना दिएको हो ।

महासंघ प्रदेश सरकारद्वारा आर्थिक २०८०/०८१ को आर्थिक विधेयकमा आन्तरिक साल काठ बिक्रीबाट हुने आम्दानीको २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्ने निर्णय र सामुदायिक वनमा लगाइएको तेहरो कर खारेजीको माग गर्दै धर्ना र विरोधमा उत्रिएको हो ।

महासंघका अध्यक्ष कल्पना भण्डारीले सरकारले उक्त निर्णय फिर्ता नलिँदासम्म आन्दोलन जारी रहने बताइन् । सामुदायिक वनले २५ प्रतिशत रोयल्टी प्रदेश सरकारलाई तिर्न नसक्ने उनले बताइन् ।

चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवलका अध्यक्ष जगतनाथ पौडेलले सामुदायिक वनमा तीन तहका सरकारले लगाएका करका कारण उपभोक्ता समूहहरू अप्ठ्यारोमा परेको बताए ।

सरकारको उक्त निर्णय खारेजीको माग गर्दै वन महासंघले आन्दोलनको कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहीवारदेखि लुम्बिनी प्रदेश सरकारको गेट अगाडि अनिश्चितकालीन धर्ना दिएको महासंघका रुपन्देही कोषाध्यक्ष विनोद आचार्यले बताए ।

मुलुकमा संघीयताको अभ्यास हुनुअघि सामुदायिक वनले संघीय सरकारलाई १५ प्रतिशत कर बुझाउँथे । तर, संघीयता कार्यान्वयनमा आएसँगै प्रदेश र स्थानीय सरकार कार्यान्वयनमा आएपछि स्थानीय स्तरमा वन संरक्षण गर्दै आएका सामुदायिक वनहरूलाई करको बोझ बढ्दै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित