काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

बोलबममा श्रावणी मेला- जलार्पण यात्रा हुने

बुटवल । पश्चिम नेपालको पशुपतीको रुपमा पहिचान बनाएको रुपन्देही सैनामैना नगरपालिका १ मा रहेको श्री परोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला तथा जलारोअण यात्रा विषेश अनुष्ठान कार्यक्रम हुने भएको छ।

धामले बिहीवार धाममा पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराईएको हो।

धामका अध्यक्ष रामबली चौधरीले १९ वर्ष पछि अधिकमास(मलमास) साउन महिनामा परेको भएपनी असार १८ देखि भाद्र १४ गते सम्म जलारोअण यात्रा कार्यक्रम राखिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै उनले यात्रा ब्यवस्थापन समिती ब्यवथित गरेको बताउदै विभिन्न तिर्थस्थलमा पुर्याउने र ल्याउने ब्यवस्थापन गरिएको बताए।

धाममा आउने भक्तजन आउदा प्रयोग गरेका सवारी साधनको पार्किङको ब्यवस्थापन समेत गर्दै आएको बताए। कार्यक्रम सफल बनाउन विभिन्न समिती/उपसमितिहरु गठन गरिएको धामका महासचिव प्रेमलाल भुसालले जानकारी दिए।

यात्रा ब्यवस्थापन समितीका संयोजक शालिकराम भन्डारीले बोलबमको यात्रा २०३९ सालदेखी शुरुभएको भएपनी २०५३ बाट बृहत रुपमा अगाडि बढ्दै आएको बताए।

उनले २०८० मा असार १८ देखि भाद्र १४ गते सम्म यात्रा तय गरेको जानकारी दिए। गुरु पुर्णिामाबाट २५० तिर्थयात्रीले धामबाट यात्रा शुरु गरेको बताए बताउदै यो अवधिमा दैनिक हजारौको संख्यामा पैदल यात्री बोलबम आउने बताए।

उनले असार १८ गते लक्ष्मण घाट, असार ३० गते कालिरह, साउन ११ देखि १४ गते मा नवलपरासीको त्रीवेणी धाम,साउन २६ रुरु क्षेत्र, २७ गते गण्डकिको जल बोलबम,भाद्र ८ गटेदेखी ९ गतेसम्म तनहुको देबघाटबाट ल्याएर ५०० तिर्थालुलाइ जलार्पण गराउने योजना रहेको बताए।

उनले ५०१ सदस्यीय मुल जलार्पण कार्यक्रम समिती निर्माण गरेको बताउदै समिती उपसमिती बनेको बताए। बोलबमका पण्डित विष्णु प्रसाद ज्ञवालीले मलमास भएपनी बोलबममा जलार्पण हुने बताए।

उनले अन्य विभिन्न कामहरुमा रोक लगाएको बताउदै परंरागत ब्रत, जप, पुजा, यात्रालाई निरन्तर राख्न मिल्ने भएकोले बोलबममा यात्रा र जलार्पण हुने बताए।

शास्त्रीय बचनलाई आधार मानेर कार्यक्रम गर्न लागिएको बताए।उनले घरमा रुद्राभिषेक गर्न नमिल्ने भएकोले अझै पवित्र कार्य हुने भएकोले निसन्कोछ आउन आग्रह गरे।

राष्ट्रिय पञ्चाङ निर्णायक समितीले जारी गरेको मापदण्ड अनुसार हरिहर कथा, रुद्राभिशेक, जलार्पण कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित