‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

ज्ञानगंगा पाठशालामा एसईई उत्तीर्णलाई सम्मान

बुटवल। रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालाले २०७९ को एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मंगलबार आगामी शैक्षिक यात्राको शुभकामना सहित सम्मान गरेको छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले २८ जना विद्यार्थीले उत्कृष्ट जीपीए ल्याउन सफल भएको खुसी ब्यक्त गर्दै विद्यालयले आगामी दिनमा झनै राम्रो प्रगतिका साथ अघि बढने बताए ।

विद्यालयका प्राचार्य चन्द्र अधिकारीले विद्यालयले यस वर्ष उत्कृष्ठ नतिजा ल्याएको बताउँदै आगामी शैक्षिक यात्रा झनै राम्रो बनाएर अघि बढने बताए ।

विद्यालयका सहप्राचार्य केशवराज पन्तले उत्तीर्ण विद्यार्थीलाई आगामी दिनमा अझै राम्रो गरेर अघि बढन सुझाव दिए ।

सो अवसरमा शिक्षक मिलन राना, निर्मला थापा, विद्यार्थी अंकित अधिकारी, प्रकृति कोइराला, मनिष पौडेल, नाजमिन बेगम, निमावि संयोजक कमल थापा, प्रावि संयोजक सन्ध्या घिमिरे, पूर्व प्रावि संयोजक लक्ष्मी जिसी लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक कुलचन्द्र पुरीले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित