आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

मोटरसाईकल हराएको छ ? एक पटक ईप्रका बुटवल पुग्नुस् !

  • मोटरसाईकल चोर्ने १२ जना पक्रियो, मोटरसाईकल १४ भेट्टायो
  • तपाइएको मोटरसाईकल हराएको छ ? हराएको छ भने एक पटक ईलाका प्रहरी कार्यालय बुटवलमा पुग्नुस् । किनकी ईलाका प्रहरी कार्यालय बुटवलले १४ वटा चोरीका मोटरसाईकल भेट्टाएको छ ।

    रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १२ जनाको गिरोह पनि प्रहरीले पक्राउ परेको छ।

    पक्राउ परेकाहरुमा रुपन्देहीको, बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगर बस्ने वर्ष १९ को तरुन राना, पश्चिम नवलपरासीको रामग्राम १४ बस्ने वर्ष ४३ को सुनिल कुमार चौधरी,रामग्राम १६ बस्ने वर्ष २० को करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा-५ बस्ने वर्ष २६ को सरोज थापा, गुल्मी घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा(५ बस्ने वर्ष २६ को दिपक रेगामी मगर, तिलोत्तमा ६ बस्ने वर्ष २४ को दिपेश थापा रहेका छन्।

    त्यस्तै तिलोत्तमा ६ बस्ने वर्ष २५ को हितेश राना, बाग्लुङको बरेङ-५ सुखौरा बस्ने वर्ष १९ को आशिष सामत, वर्ष २० को दिपक सामत, वर्ष २९ को गोरे भन्ने प्रमोद पुर्जा, बरेङ ५ भित्रीवन बस्ने वर्ष २२ को मिलन खत्री र रुपन्देहीको तिलोत्तमा ४ बस्ने वर्ष १८ को आकाश नेपाली रहेका छन्।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले १२ जनामध्ये ६ जना एउटा समुहमा रहेको र अन्य सातजना विभिन्न समुहमा रहि चोरिमा संंलग्न रहदै आएको पाईएको जानकारी दिए।

    गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिनादेखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित