‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

मोटरसाईकल हराएको छ ? एक पटक ईप्रका बुटवल पुग्नुस् !

  • मोटरसाईकल चोर्ने १२ जना पक्रियो, मोटरसाईकल १४ भेट्टायो
  • तपाइएको मोटरसाईकल हराएको छ ? हराएको छ भने एक पटक ईलाका प्रहरी कार्यालय बुटवलमा पुग्नुस् । किनकी ईलाका प्रहरी कार्यालय बुटवलले १४ वटा चोरीका मोटरसाईकल भेट्टाएको छ ।

    रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १२ जनाको गिरोह पनि प्रहरीले पक्राउ परेको छ।

    पक्राउ परेकाहरुमा रुपन्देहीको, बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगर बस्ने वर्ष १९ को तरुन राना, पश्चिम नवलपरासीको रामग्राम १४ बस्ने वर्ष ४३ को सुनिल कुमार चौधरी,रामग्राम १६ बस्ने वर्ष २० को करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा-५ बस्ने वर्ष २६ को सरोज थापा, गुल्मी घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा(५ बस्ने वर्ष २६ को दिपक रेगामी मगर, तिलोत्तमा ६ बस्ने वर्ष २४ को दिपेश थापा रहेका छन्।

    त्यस्तै तिलोत्तमा ६ बस्ने वर्ष २५ को हितेश राना, बाग्लुङको बरेङ-५ सुखौरा बस्ने वर्ष १९ को आशिष सामत, वर्ष २० को दिपक सामत, वर्ष २९ को गोरे भन्ने प्रमोद पुर्जा, बरेङ ५ भित्रीवन बस्ने वर्ष २२ को मिलन खत्री र रुपन्देहीको तिलोत्तमा ४ बस्ने वर्ष १८ को आकाश नेपाली रहेका छन्।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले १२ जनामध्ये ६ जना एउटा समुहमा रहेको र अन्य सातजना विभिन्न समुहमा रहि चोरिमा संंलग्न रहदै आएको पाईएको जानकारी दिए।

    गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिनादेखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित