मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

प्रदेश सभा गयाे, बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा आयाे

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल मर्मत सम्भार पछि आफ्नै भवनबाट औपचारिक रुपमा सेवा सुरु गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

६ वर्ष अघि संघीय संरचना स्थापनासंगै बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल लुम्बिनी प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको स्थानीय राजधानी दाङको देउखरीमा राख्ने निर्णय गरेपछि गत मंसिरमा प्रदेश सभा स्थायी राजधानी दाङको देउखुरीमा सर्यो भने चैतको अन्त्यमा प्रदेश सभा सचिवालयले भवन तथा सभाहल संघलाई फिर्ता हस्तान्तरण गरेको थियो ।

प्रदेश सभा सचिवालयले भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि संघले भवन तथा सभा हल मर्मत सम्भार गरेर आफ्नै भवनबाट सेवा सुरु गरिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए।

सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि यस क्षेत्रको बिकासको आशा र सरकारलाई सहयोग गर्ने गरी संघको कार्यालय भवन तथा सभाहल प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित