‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

कालिका मानवज्ञानका दुई जनाले ल्याए ३.९५ जिपिए

कालिका मानवज्ञान माविका विद्यार्थी प्रवल पोखरेल र प्रस्ताव भुसालले यस वर्षको एईईमा ३ दशमलव ९५ जिपिए ग्रेड ल्याउन सफल भएका छन् ।कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार, ३ दशमलव ६ देखि ४ जिपिए ग्रेड समूहमा १ सय २२ विद्यार्थी परेका छन् ।

त्यसैगरी, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ग्रेड समूहमा १ सय ५८, २ दशमलव ८ देखि ३ दशमलव २ दशमलव ८ ग्रेड समूहमा १ सय २६ जना,२ देखि २ दशमलव ४ जिपिए ग्रेड समूहमा ३७ र १ दशमलव ६ देखि २ ग्रेड समूहमा २ जना विद्यार्थी परेका छन् ।

यसैगरी, विद्यालयबाट यो वर्ष १५ जनाले एमबिबिएसमा छात्रवृति पाएका छन् । गतवर्ष १३ जनाले नाम निकालेका थिए । कालिका देशभरमै सरकारी स्कुलबाट छात्रवृतिमा नाम निकाल्ने विद्यालय हो । यसैगरी ईन्जिनियरिङतर्फ गतवर्ष ३९ जनासहित बिईमा एक सय जना बढीले नाम निकाले ।

कालिका मानव ज्ञान मावि नर्सरीदेखि १२ कक्षासम्म दुई सेक्टरमा गरी ७ हजार ६ सय ३९ विद्यार्थीहरु अध्ययरत छन् ।

यहाँ कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन संकायमा पठनपाठन हुन्छ । त्यसैगरी प्राविधिकतर्फ कम्प्युटर पढाई हुन्छ । मानविकीतर्फ आमसञ्चार विषय पढाई हुँदै आएको छ । यो वर्ष व्यवस्थापनतर्फ एउटा सेक्सन टुर्स एण्ड ट्राभल्स विषय पठनपाठन हुने प्राचार्य थापाले बताए ।

त्यसैगरी,बुटवलको कालिका मानवज्ञान मावि देशमै असल अभ्यासहरुको संकलन, प्रकाशन र प्रबोधिकरण कार्यक्रम गर्ने विद्यालयमा प्रथम स्थान हासिल गरेको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विद्यालयलाई प्रबोधिकरण कार्यक्रममा उत्कृष्ट भएको सार्वजनिक गरेको हो ।

प्राचार्य थापाले विद्यालय असल अभ्यासहरुको संकलन, प्रकाशन र प्रवोधिकरण कार्यक्रम केन्द्रको निर्णय अनुसार विद्यालय उत्कृष्ट कार्य गरेको मध्येबाट प्रथम स्थान हासिल गर्न सफल भएको बताए । देशभरका सामुदायिक विद्यालयहरुमध्येबाट ४ सय २२ नमुना विद्यालयबिचमा कालिका प्रथम भएको हो ।

रुपन्देहीमा नमुना विद्यालय ८ वटा छन् ।विद्यालय आसपासका आठ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधिमध्ये एक र विद्यालयका प्रधानाध्यापकलाई तालिम गराउने जिम्मेवारी दिईएको छ । सोही जिम्मेवारी अनुसार शुक्रवार विद्यालयमा तालिम कार्यक्रम भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित