‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

७ करोडको लगानीमा बुटवलमा खुल्यो ‘प्लान वि क्लव’

बुटवल । आन्तरिक एवं बाह्य पर्यटकलाई सांगेतिक माहोल पस्कने उद्देश्यले बुटवलमा ‘प्लान वि क्लव’ सञ्चालनमा आएको छ ।

५ जना युवाहरुको ७ करोडको लगानीमा ‘प्लान वि क्लव’ सञ्चालनमा आएको हो । क्लवले सञ्चालनको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै शनिबार बाट औपचारिक शुभारम्भ हुने ‘प्लान वि क्लव’ मा नेपालकै चर्चित व्याण्ड सविन एण्ड फ्यारोले सांगेतिक माहोल मार्फत सफ्ट ओपनिङ गर्ने बताएको छ ।

करीब ५ दशमलव ५ कठ्ठा क्षेत्रफलमा पुर्वाधार तयार भएको रेष्टुरेन्ट र डिस्को युवाहरुको मनोरञ्जनको लागि उत्कृष्ट गन्तव्य बन्ने संचालक सुरेस श्रेष्ठले बताए ।लाईट सिस्टम, साउण्ड सिस्टम र खाजा हाईजनिक रहेको छ ।

क्लबको १ हजार ५ सय जना अटाउने र रेष्टुरेन्ट ३ सय ५० रहेको छ । साझको ६–१० बजेको समय फेमिली टाइमको अफर हुने छ ।

क्लबका प्रबन्ध निर्देशक कमल रानाले प्लान बिमा किचन, बार, सुरक्षा, सरसफाईका गरि ८० जना भन्दा बढि युवाहरुले रोजगार पाउने भएका छन । क्लबका संयोजक सन्तोष सुवेदीले बुटवलमा क्लब कल्चरको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए ।

आकर्षक डिजाईनमा तयार भएको क्लबबाट पर्यटन प्रवर्द्धन हुने उनले बताए ।

पर्यटकहरु १० बाई २० को एलईडी स्क्रिन, उच्चस्तरको साउण्ड क्वालिटीको सेवा लिनेछन । यसगरि वर्थडे, एनिभर्सरीको लागि सेपरेट क्याबिन, फुल सिसिटिभि क्यामरा, हाई सेक्युरिटी सुबिधा रहेको छ ।

क्लबका संचालक जीवकान्त काफ्लेले भारतिय पर्यटकलाई बुटवलमा भुलाउन सकिने थलोको अभावको बेला यो उपयुक्त भएको दाबी गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित