मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

ब्लड बैक बुटवलमा रगतको अभाव

बुटवल । ब्लड बैक बुटवल शाखामा रगतको अभाव देखिएको छ । मौसममा परिवर्तन आएसंगै बिरामीहरुको चाप बढ्दा रगतको अभाव सृजना भएको हो ।

‘ओ’ रक्त समुह बाहेकका सबै रगत अभाव छ । रगतको अभावलाई रोक्न यहाका विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिले बुटवलमा ३ दिनदेखि आकस्मिक रक्तदान कार्यक्रम गरिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको समितिका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउँछन् । रगतको माग धेरै तर दाता कम हुदा रगत अभाव अवस्था आएको उनले बताए ।

रगत अभावलाई रोक्न आफुहरुले थप सक्रियता बढाउनुपरेको संयोजक प्रेम सुनारले बताए । ‘फोन गरेरै रक्तदाताहरुलाई बोलाएर रगतको सहज उपलब्धता हुने वातावरण गराएका छौ ।’—उनले भने ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्री रगत ब्यवस्थापन गर्दैमा रातको १२ बज्ने गरेको बताउँछन ।

ब्लड डोनरको तथ्याक संकलन गर्ने, सामाजिक संजालबाट समुहहरु बनाउने र उनिहरुलाई सुचनाहरु दिने जस्ता कामहरु गरेर भए पनि रगतको ब्यवस्थापन गर्दै आएको उनले दाबी गरे ।

‘ब्लड बैकले गर्नुपर्ने काम हामीले गरेका छौ ।’—उनले भने । शुक्रबार ‘एबी’ पोजिटिभ रगत आवश्यक रहेको एक सुत्केरीलाई डोनर खोजेर ३ पोका रगतको ब्यवस्थापन गरेको बताए । ‘सुत्केरीको हेमोग्लोबिन ३ पोइन्ट मात्र रहेछ ।’— उनले भने ।

आमालाई उपचार गराउन अस्पतालमा रहेका उनि आफै रगत ब्यवस्थापनमा लागे । रगतको अभावलाई रोक्न दीर्घकालिन योजना ल्याउनुपर्ने उनको सुझाव छ ।

बिरामीको माग अनुसार ब्लड झिक्न मिल्ने विश्वमा नयाँ प्रविधिहरु भित्रिएपनि नोपलमा यसलाई ल्याउन नसकिएको उनले बताए ।
ब्लड बैकमा दैनिक ३ सिफटमा रक्तदान हुने गरि पहल थाल्न सके धेरै राम्रो हुने उनी बताउँछन ।

बढीभन्दा बढी युवा रक्तदाताहरुलाई रक्तदानमा प्रोत्साहन गर्दै कार्यक्रमहरु चलाउनुपर्ने उनले बताए । बुटवलमा धेरै अस्पतालमा मृगौलाको बिरामीहरुलाई रगत आवश्यक हुने हुदा पनि यसको चाप ब्लड बैकमा परेको उनले बताए ।

‘डायलोसिस गर्ने बिरामीहरुको धेरै चाप छ ।’—उनले भने । पछिल्लोसमय मौसमको कारण पनि बिरामी बढ्दा रगतको माग बढेको हुनसक्ने उनको तर्कछ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलकी सदस्यसचिव राधा शर्माले ब्लड बैकमा ‘ओ’ समुहबाहेक अन्य सबै रगतको अभाव रहेको बताईन । ‘जाडो स्टकले ‘ओ’ ग्रुप धानेको छ ।’—उनले भनिन ।

दैनिक ९० युनिट बढी रगत खपत हुने बुटवलमा शाखामा बिरामीका आफन्तको भिड लाग्ने गरेको छ ।

ब्लड क्यान्सर, सुत्केरी, मृगौला खराब भएर डायलोसिस गर्ने बिरामी लगायतमा बढी रगतको खपत हुने गरेको छ । रगतको ब्यवस्थापनमा सबै सरोकारवाला निकाय एकिकृत योजना र अभियानलाई लैजानुपर्ने देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित