५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

बुटवल ११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुल खेल सप्ताह शुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षतामा आजदेख शुरु भएको खेलकुदका कार्यक्रम माघ ४ गते आइतबारसम्म चल्नेछन् । कुल ६८ वटा खेलका विधामा ४९८ वटा पदकका लागि खेल सञ्चालन हुने बिद्यालयले जनाएको छ ।

खेल सप्ताहमा बिगिनर्स, सब–जुनियर, जुनियर र सिनियर गरी चारवटा समूहमा विद्यार्थीहरूलाई विभाजन गरी खेलाइनेछ । कुनै एक विद्यार्थी ट्र्याक एण्ड फिल्ड गरी जम्मा तीनवटा खेलहरुमा सहभागी हुन सक्ने प्राचार्य सीता पाण्डेले बताउनुभयो ।

खेललाई व्यवस्थापन गर्नका लागि तहगत खेल संयोजक र फिल्ड संयोजकको नियुक्ति गरी खेलाइएको छ । आज उद्घाटन सत्रका खेलहरूमा मन्टेस्वरीतर्फ जम्प इन रिङ र कलेक्सन अफ बल, कक्षा नर्सरीका लागि कप एण्ड बल रेस र हट पोटयाटो, एलकेजी र युकेजीका लागि कलेक्सन बल्स र बिल्डिङ ब्लग्स, वानका लागि बलुन ब्लास्ट र बास्केटिङ द बल सब जुनियरका लागि बुकब्यालेन्स, म्युजिकल चेयर र स्पुन रेस एवं सिनियरका लागि फुटबल, क्रिकेट र भलिबल खेलहरू सम्पन्न भएका छन्

खेलको सञ्चालन र व्यवस्थापन अतिरिक्त क्रियाकलाप सल्लाहकार अग्निधर पोखरेल र अतिरिक्त क्रियाकलाप संयोजक नवीन रत्न शाक्यले गर्नुभएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित