तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

न्यू होराईजन जिविएस स्कुलले पुस ३० गते ३२ औं बार्षिकउत्सव मनाउने

बुटवल ।
तिलोत्तमाको ड्राईभरटोल स्थित न्यू होराईजन जिविएस स्कुलले आउँदो पुस ३० गते आफ्नो ३२ औं बार्षिक उत्सव मनाएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पुस ३० गते बार्षिक उत्स्व मनाउने जानाकारी दिएको हो । विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले बार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउन लागेको जानाकारी दिए ।


बार्षिक उत्सव अन्तर्गतनै शुक्रबार देखि खेलकुद तथा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । उहांले पुस २९ गते पुरस्कार वितरण, खाना महोत्सव तथा सांस्कृतिक झाक्रि प्रदर्शन गर्ने र पुस ३० गते मुल समारोह गरेर विद्यालयको ३२ औं बार्षिकउत्सव मनाउने बताए । मुल समारोहको दिन ४ जिपिए प्राप्त गरेका विद्यार्थीलाई स्वर्ण पदक अर्पण, पुरस्कार वितरण तथा विद्यार्थी, शिक्षक, अभिभावक सम्मान कार्यक्रम गरिने उनको भनाई छ । शैक्षिक गुणस्तरियताको पर्याय बन्दै शिक्षा क्षेत्रमा दिशानिर्देश गरिरहेको न्यू होराईजन संस्था ०५९ सालमा स्थापना भएको हो । सुरुमा बुटवलको दरबार लाईन सुरु भएको संस्था पछि स्थायी भौतिक पूर्वधार विस्तार गरी ०६१ सालमा ड्राईभरटोलमा सञ्चालन भएको थियो । ०५० सालमा शंकरनगरको ड्राईभरटोलमा स्थापना भई आधारभुत शिक्षा प्रदान गरेको गौतमबुद्ध स्कुल लाई ०६९ सालमा आफ्नो स्वामित्वमा ल्याई न्यू होराईजन गौतमबुद्ध बनाएर ०६९ साल देखि संस्थागत समायोजन भएको प्राचार्य आचार्यले बताए ।
विद्यालयमा हाल ३ हजार ५ सय विद्यार्थी र २३० जना शिक्षक कर्मचारी रहेका छन् । क बर्गमा सुचिकृत होराईजन जिविएस ०७९ मा आईएसओ ९००१–२०१५ समेत प्राप्त गरी लगातार तेस्रो पटक सम्म तिलोत्तमा नगरपालिकाबाट सम्मानि भएको उहांले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले अहिले पनि नीजि विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानलाई सरकारले बुझ्न नसकेको बताउनुभयो । उहांले क्षेत्रिय विश्वविद्यालयको रुपमा स्थापना हुने सपना आफुहरुले देखेको समेत बताउंदै यसका लागि राज्यले नीति बनाउनुपर्नेमा जोड दिए । साथै राज्यले सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने बताए।
कार्यक्रम विद्यालयका शिक्षक कृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित