कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ? औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता                
समाचार :

अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम

बुटवल । बुटवल कालिकानगरमा रहेको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।

अक्सबृजले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरेर एचएको पहिलो वर्षमा अध्ययन गर्नेलाई स्वागत तथा ल्याब टेक्निेसियन तेस्रो वर्ष अध्ययन गरेका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय अध्यक्ष गोविन्द खनालले मेडिकल क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुकालागि सम्भावना धेरै भएकाले सोही अनुसार आफुलाई सक्षम बनाउन आग्रह गरे।

अक्सबृजका प्रवन्ध निर्देशक डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिती बाक्लो रहनु मुलुककालागि पनि राम्रो भएको प्रतिकृया दिदै स्वास्थ्य क्षेत्रमा उत्पादन भएको जनशक्ति बैदेशिक यात्रामा जानु दुखद् भएको बताईन ।

कार्यक्रममा भिम अस्पताल भैरहवाका अध्यक्ष आनन्दप्रसाद शर्मा, सिटिईभिटीका लुम्विनी प्रदेशका बरिष्ठ अधिकृत राजु भुसाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय सल्लाहकार चिरञ्जिवि जोशी, फोरम फर हेल्थका प्रदेश सचिव विनोद घिमिरे, अक्सबृजका भिजिटर लेक्चर मधुकर शर्मालगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित