५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

व्यवसायीद्वारा ग्रील जोनको माग

बुटवल । रुपन्देहीका ग्रील, स्टील तथा आल्मुनियम व्यवसायीहरुले ग्रील जोन स्थापनाको माग गरेका छन् ।

 

छरिएका व्यवसायीलाई एकीकृत गरेर शहरी सौन्दर्य बिग्रन नदिन तथा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन ग्रील जोन स्थापना आवश्यक रहेको व्यवसायीको माग छ ।

ग्रील, स्टील तथा आल्मुनियम व्यवसायी संघको शनिबार बुटवलमा भएको १६ औं साधारणसभा तथा ८ औं अधिवेशनमा व्यवसायीहरुले सरकारले जग्गा उपलब्ध गराउन नसक्दा ग्रील जोनका लागि संघीय सरकारबाट विनियोजन भएको एक करोड रुपैयां फ्रिज भएको गुनासो गरे ।

संघका जिल्ला अध्यक्ष बुद्धि प्रसाद गुरुङ्गले सरकारी—निजी साझेदारीमा ग्रील जोन बनाउन सकिने बताए । उनले विनादर्ता काम गर्ने घुमन्ते व्यवसायीका कारण राज्यलाई कर तिरेर सञ्चालनमा रहेका व्यवसायीहरु मर्कामा परेको गुनासो समेत गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले ग्रील व्यवसाय जोखिमको व्यवसाय पनि भएकोले यसमा सुरक्षा संवेदनशीलतालाई बढी ध्यान दिइनुपर्ने बताउँदै व्यवसायीले उठाएका माग पूरा गर्न आफूले पहल गर्ने बताए ।

संघका कोषाध्यक्ष मोतीलाल घर्ती मगरले घुमन्ते व्यवसायीलाई नियन्त्रण गर्न राज्यका निकाय उदासीन भएको बताउँदै यसबाट राज्यको कर गुम्दा सरकारलाई ठूलो नोक्सानी भएको बताए ।
संघमा रुपन्देहीका झण्डै ४ सय ग्रील, स्टील तथा आल्मुनियम व्यवसायी आवद्ध रहेका संघका महासचिव बोम थापा मगरले बताए ।

कार्यक्रममा ग्रील तथा स्टिल ब्यवसायी महासंघका उपाध्यक्ष रणबहादुर विक , रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, बिटिआईका कार्यकारी निर्देशक मानकाजी कुमाल, संघका पुर्व अध्यक्ष दिलबहादुर राना, पुर्व अध्यक्ष नारायण पाठक, वरिष्ठ सल्लाहकार लेखनाथ पौडेल, सल्लाहकार भुवन ज्ञवाली, पोखरा स्टिल फेब्रिकेटर्सका महासचिव शालिकराम बास्तोला, संघका प्रथम उपाध्यक्ष टोलराज डम्मरपाल, कार्यक्रम संयोजक तृतीय उपाध्यक्ष मिना थापा तुलाधर लगायतले बोल्दै व्यवसायिक हकहितका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित