रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक

नेपाली विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक भएको छ । ‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष तथा परिवारबीचको आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

गायक श्रीधर अधिकारी र गायिका देवी घर्ती मगरको स्वरमा रहेको यो गीतमा कलाकार मुकु सुवेदी र सुस्मा सापकोटाको अभिनय रहेको छ । पञ्चे बाजा शैलीमा रचित यस गीतका शब्द सुस्मा सापकोटाले लेख्नुभएको हो भने संगीत राजन अधिकारीले भर्नुभएको छ । गीतलाई आधुनिक स्वाद दिनका लागि एरेन्ज, मिक्सिङ र मास्टरिङको काम एचबीएन किस्मतले गर्नुभएको हो । गीतको रेकर्डिङ १ डि.बी. एचडी नेक्स्ट लेभल स्टुडियोमा गरिएको हो ।

गीतको कथा तथा निर्देशन मुकु सुवेदीले गर्नुभएको छ । भिडियोमा सुवेदी स्वयं र गायिका तथा मोडल सुस्मा सापकोटाले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । छायांकनमा सुरज घिमिरे ‘सेन’, सागर महत, समिप चौधरी र बिपिन ज्ञवाली हुनुहुन्छ भने सम्पादन तथा कलर ग्रेडिङ ८८ सुरज घिमिरे ‘सेन’कै रहेको छ ।

भिडियोको पोस्टर डिजाइन उत्तम कुमार कार्कीले गर्नुभएको छ । राजेन्द्र अर्याल र सन्तोष सापकोटा प्राविधिक सल्लाहकारको भूमिकामा हुनुहुन्छ । सम्पूर्ण पोस्ट–प्रोडक्सनको जिम्मेवारी शुभा इभेन्ट्सले निर्वाह गरेको छ।

२८ सेप्टेम्बर २०२५ मा मुकु सुवेदीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले छोटो समयमा नै राम्रो चर्चा पाएको छ । प्रकाशन भएको केही दिनमै गीतलाई १२ हजारबढी दर्शकले हेरेका छन् भने ४५० भन्दा बढीले लाइक गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित