रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवल । बुटवलमा संविधान दिवसको दिन ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ । असोज ३ गते इभेन्ट इन बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि इभेन्ट इन बुटवलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने भएको हो ।

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको छ । अहिले बुटवल भित्र बिएचएम अध्ययन हुने क्याम्पसमा भिजिट गरेर कार्यक्रमबारे अवगत गराउने काम भइरहेको ेकार्यक्रम संयोजक अतीत थापाले बताए ।

उनका अनुसार बिएचएम अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम स्थलमा स्टल राख्दा कुनै पनि शुल्क नलाग्ने बताए । कार्यक्रममा सांस्कृतिक मनोरञ्जन लिन पाउनुका साथै विएचएम अध्ययनरत गर्ने विद्यार्थीहरुले तयार गरेका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए ।

कार्यक्रममा स्वर, रकेट्रस, चक्र र आमाथ्यको विशेष साङगेतिक प्रस्तुतिको आनन्तद लिन सकिने कार्यक्रम संयोजक थापाले बताए ।

यस्तै कार्यक्रमको प्रवेश शुल्क १००० कायम गरिएको इभेन्ट इन बुटवलका फाउण्डर सुसान्त पाण्डेले बताए। विद्यार्थीको लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रम गर्नको लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको फाउन्डर पविन सेनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित