बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवल । बुटवलमा संविधान दिवसको दिन ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ । असोज ३ गते इभेन्ट इन बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि इभेन्ट इन बुटवलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने भएको हो ।

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको छ । अहिले बुटवल भित्र बिएचएम अध्ययन हुने क्याम्पसमा भिजिट गरेर कार्यक्रमबारे अवगत गराउने काम भइरहेको ेकार्यक्रम संयोजक अतीत थापाले बताए ।

उनका अनुसार बिएचएम अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम स्थलमा स्टल राख्दा कुनै पनि शुल्क नलाग्ने बताए । कार्यक्रममा सांस्कृतिक मनोरञ्जन लिन पाउनुका साथै विएचएम अध्ययनरत गर्ने विद्यार्थीहरुले तयार गरेका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए ।

कार्यक्रममा स्वर, रकेट्रस, चक्र र आमाथ्यको विशेष साङगेतिक प्रस्तुतिको आनन्तद लिन सकिने कार्यक्रम संयोजक थापाले बताए ।

यस्तै कार्यक्रमको प्रवेश शुल्क १००० कायम गरिएको इभेन्ट इन बुटवलका फाउण्डर सुसान्त पाण्डेले बताए। विद्यार्थीको लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रम गर्नको लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको फाउन्डर पविन सेनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित