
बुटवल । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का सल्लाहकार सन्तोष गिरीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिने तयारीका साथ रुपन्देही आएका गिरीले अहिले स्थानिय सँग भेटघाटलाई तिब्र बनाएका छन् । उनी मतदाताको घरदैलोमा पुगेर जनताका अपेक्षा र आवश्यकता बारे मसिनो गरी बुज्दै हिडेका छन् ।
तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी घर भएका गिरी मेयर बालेनका खाद्य तथा परराष्ट्र सल्लाहकार हुन । ३३ बर्षिय गिरी अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । उनी नेपालस्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत पनि हुन ।
बालेनको सल्लाहकार हुनु अघि रुपन्देहीमा अखिलको राजनीति गर्थे । उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका गिरीलाई एमालेका युवा विद्यार्थी नेताले भने ‘अवसरबादी’ भनेका छन् । साथै जनतालाई झुटो बोलेर गुम्राहमा नपार्न पनि विद्यार्थी नेताले सुझाव दिएका थिए ।
अनेरास्ववियू रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष बालकृष्ण पाण्डे गिरीलाई जनताले राम्रो सँग चिनेको उनी अवसरबादी रहेको बताए ।
‘तिमीलाई होइन मैले सहसचिव छोडेको ? अनि तिमी नै होइन बिचैमा राजिनामा दिएर हिडेको ? अझ जनताका समस्या बुझ्न रे ः के बुझछौ तिमी हामीलाई थापा नभएको हो र ?’ उनले सामाजिक सञ्जालमै लेखेका छन् ।