रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

लुम्बिनी महामन्त्री विक्रम खनालमाथि कांग्रेसले गर्‍यो कारबाही, पार्टीबाटै निस्कासन

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेको छ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार १७ को निर्णयअनुसार महामन्त्री खनाललाई कारबाही गरिएको हो।

अनुशासन समितिले आज महामन्त्री खनालमाथि कारबाही गरेको पत्र लुम्बिनी कांग्रेस कार्यसमितिमा पठाएको छ।

२०७९ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा महामन्त्री खनालले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको आरोपमा अनुशासन समितिमा उजुरी परेको थियो।

नवलपरासीमा कांग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए। चुनावमा उनीहरूमाथि असहयोग गरेको आरोप खनालमाथि लागेको थियो।

अनुशासन समितिले महामन्त्री खनालमाथि स्पष्टीकरण पनि सोधेको थियो। खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै अनुशासन समितिले एक वर्षका लागि पार्टी सदस्यताबाट नै निस्कासन गर्ने निर्णय गरेको छ।

खनाल कांग्रेस संस्थापनइतर समूहका हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित