रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

रुपन्देही–३ उपनिर्वाचन : नाउपाबाट उम्मेदवार उठाउने निर्णयप्रति जनमतको आपत्ति

सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

रुपन्देही-३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरिएको हो । उक्त निर्णयप्रति डा.सिके राउत नेतृत्वको जनमत पार्टीले असहमति जनाएको छ । जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

मोर्चाबाट उपनिर्वाचनबारे आधिकारिक निर्णय गर्ने भएपछि जनमत पार्टीका नेताहरू आजको बैठकमा उपस्थित भएनन् । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

निजामती ऐनमा कुलिङ पिरियडकाबारेमा भएको अनियमितताबारे छानबिनको माग समेत मोर्चाको बैठकले गरेको छ । साथै सर्वोच्च अदालतले ५२ जनाको संवैधानिक नियुक्तिलाई गरेको सदरप्रति पनि मोर्चाले आपत्ति जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित