कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

रुपन्देही ३ काे उपचुनावमा सागर ढकाल लड्ने

बुटवल – रुपन्देही ३ को यपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा भिडेका व्यक्ति हुन्। तर, पराजित हुन पुगे। त्यसपछि केही समय विदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्।

केही समययता उनको रास्वपासँग हिमचिम बढेको छ। गत जेठ ५ गते रास्वपा नेत्री तथा सांसद सुमना श्रेष्ठसँग सिंहदरबार छिरेका थिए। उनीहरूले त्यहीँबाटै फेसबूक लाइभ गरेका थिए। ढकालले त्यतिबेलै निर्वाचनमा उम्मेदवार बन्ने बताएका थिए भने सुमनाले जिताउनका लागि आह्वान गरेका थिए।

अहिले आएर आसन्न उपनिर्वाचनमा उनी रास्वपाबाट रुपन्देही ३ बाट उम्मेदवार बन्ने चर्चा चलेको हो।उनी स्वतन्त्र हो वा रास्वपाबाट भन्ने टुंगो लागेको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित