रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

रुपन्देही ३ काे उपचुनावमा सागर ढकाल लड्ने

बुटवल – रुपन्देही ३ को यपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा भिडेका व्यक्ति हुन्। तर, पराजित हुन पुगे। त्यसपछि केही समय विदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्।

केही समययता उनको रास्वपासँग हिमचिम बढेको छ। गत जेठ ५ गते रास्वपा नेत्री तथा सांसद सुमना श्रेष्ठसँग सिंहदरबार छिरेका थिए। उनीहरूले त्यहीँबाटै फेसबूक लाइभ गरेका थिए। ढकालले त्यतिबेलै निर्वाचनमा उम्मेदवार बन्ने बताएका थिए भने सुमनाले जिताउनका लागि आह्वान गरेका थिए।

अहिले आएर आसन्न उपनिर्वाचनमा उनी रास्वपाबाट रुपन्देही ३ बाट उम्मेदवार बन्ने चर्चा चलेको हो।उनी स्वतन्त्र हो वा रास्वपाबाट भन्ने टुंगो लागेको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित