तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा पनि मनाइयो २२ औं राष्ट्रिय धान दिवस

लुम्बिनी प्रदेशका प्रायजसो जिल्लामा विभिन्न संघसंस्थाले धान रोपेर २२ औं राष्ट्रिय धान दिवस मनाएका छन । लुम्बिनी प्रदेश सरकार, विभिन्न स्थानीय तहले पनि रोपाइँ कार्यक्रम आयोजना गरे ।

प्रदेश सरकारले दाङको लमहीमा धान दिवस मनायो । ‘धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मुख्य नारासहित धान दिवस मनाइएको हो ।

उक्त अवसरमा प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेश बनाउनेगरी सरकारले विशेष अभियान थालेको जानकारी दिए । सो अभियानको शुरूआत प्रदेशको रुकुम पूर्वबाट गरिएको उनले बताए ।

प्रमुख सचिव बाबुराम अधिकारीले बीउ र रासायनिक मलमा निर्भरता घटाई रैथाने बालीको संरक्षण र प्राङ्गारिक मल उत्पादनलाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारे । कृषि सचिव यामनारायण देवकोटाले धान प्रमुख खाद्यान्न बाली मात्र नभई संस्कार र परम्परासँग गहिरो रूपमा जोडिएकाले यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए ।

लुम्बिनी प्रदेशमा कूल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सक्ने भए पनि हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३.९४ प्रतिशत हो । प्रदेशमा कूल खेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर जमिन रहेको छ ।

प्रदेशका जिल्लामा रोपाइँको स्थिति फरक–फरक देखिएको छ । सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा ५ प्रतिशत मात्र रोपाइँ भएको छ । प्रमुख धान उत्पादक जिल्लाका रूपमा कपिलवस्तु र रुपन्देही रहेका छन् जसले क्रमशः २१.८२ प्रतिशत र २१.०६ प्रतिशत धान क्षेत्रफल ओगटेका छन् ।

सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने जिल्ला भने रुकुम पूर्व रहेको छ जसले १.४६ प्रतिशत हिस्सा ओगटेको छ । कपिलवस्तुमा कूल ६५ हजार ८ सय ७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म ४ हजार ६ सय ११ हेक्टरमा रोपाइ भएको छ । दाङमा ३७ हजार २ सय २५ हेक्टरमध्ये ६ हजार ३ सय २८ हेक्टरमा धान रोपाइ भएको छ । बर्दियामा ५० हजार १ सय ५० हेक्टरमध्ये १३ हजार ७ सय १४ हेक्टरमा धान रोपाइ भएको छ ।

बाँकेमा ३४ हजार ७ सय ११ हेक्टरमध्ये ३ हजार ८१८ हेक्टरमा मात्रै धान रोपाइ भएको छ । पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा जस्ता पहाडी जिल्लामा पनि न्यून रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ८०९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।

धान उत्पादन वृद्धिको लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।

प्रदेशमा हाल सावित्री, सामा मसुली, हर्दिनाथ ६, राधा ४, सुख्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका जातहरूको रोपाइँ भइरहे पनि तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता स्थानीय जातहरूको प्रयोग पनि बढ्दो छ ।

यसैगरी, प्रदेशमा धान खेतीले कूल खाद्यान्न उत्पादनमा ५६.१५ प्रतिशत र कूल उपभोग्य खाद्यान्नमा ४३.८७ प्रतिशत योगदान पुर्‍याइरहेको तथ्यांकले देखाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित