भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ।

पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी दिएको छ।

काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ।

साथै उनले पत्र मार्फत प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।

जसपा नेपालले समर्थन फिर्ता लिने पत्र बुझाएपनि छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ। लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको थियो। समितिले गरेको निर्णय संसदीय दलको बैठकले सदर गरेपछि समर्थन फिर्ता लिने तयारी छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित