रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

‘उहाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी कानूनी प्रक्रिया अघि बढाउँदैछौं।’ पर्सा प्रहरीका एक अधिकृतले भने ।

उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ ।

रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो ।

बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएकी सांसद रायमाझीलाई सम्पर्क गर्न खोज्दा भने उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।

यता, जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले भने उनको व्यक्तिगत लेनदेनको विषय भएकाले पार्टीमा यसबारे कुनै औपचारिक छलफल नभएको बताए । ‘ पक्राउ पुर्जी जारी भएको भन्ने सुनेका हौं । यो उहाँको व्यक्तिगत हरहिसाबको कुरा भयो । यसमा पार्टीको कुनै विषय जोडिएको छैन।’ यादवले भने ।

पक्राउ पुर्जी जारी भएकी रायमाझी समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।

यसअघि उनी जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् ।

माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीपरिषद्मा उनी कृषि मन्त्री बनेकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित