दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित

बुटवल । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।

अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम बहादुर क्षेत्री, उपसचिवद्धयमा शेरजंग गुरुङ्ग (इश्वर) र शिबकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यी कमिटि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचितहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शूभकामना दिदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे ।

उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।

यसअघि अधिवेशन उदघाटन समारोहमा बुटवल वडा न ११ का रमेश परियारले एमाले परित्याग गरि तथा श्याम सुनार नेपाली काग्रेस परित्याग गरि नेकपा एसमा समाहित भएका थिए । उनीहरुलाई पार्टी सचिव पाण्डेयले टिका लगाएर स्वागत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित