रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले नववर्षलाई विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्वपूर्ण अवसरको रूपमा लिनुपर्ने उल्लेख गरे । शुभकामना सन्देशमा भनिएको छ ‘यो आशा, उत्साह र अपेक्षाको पर्व हो । यस अवसरमा हामीले थाँती रहेका योजना र संकल्पहरूलाई कार्यान्वयनमा ल्याइ प्रदेशको समृद्धि र समुन्नतिको लागि सामूहिक प्रयास गर्नु आवश्यक छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले जनचाहनाअनुसार सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचारविरुद्ध रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन थालेको छ । प्रदेश सरकार आफ्ना कामकाजलाई सुशासनमैत्री बनाउँदै लगेको उनले बताए ।

संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनका लागि सरकारले विविध नीति तथा कार्यक्रममार्फत निरन्तर प्रयास गरिरहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले जनताको विश्वास र भरोसाको सरकार बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको उनले उल्लेख गरे ।

स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्न नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिदै उनले शून्य संरचनाबाट सुरु भएको प्रदेशलाई संस्थागत गर्दै सबल, सक्षम र जनउत्तरदायी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल गरिएको बताए ।

मुख्यमन्त्री आचार्यले अतीततर्फ फर्काउने प्रवृत्तिलाई निरुत्साहित गर्दै राजनीतिक स्थायीत्वमार्फत समृद्धि र विकासको चाहना पूरा गर्ने संकल्प आजको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गरे । उनले नयाँ वर्ष २०८२ सबैमा न्याय, समानता, अवसर र गरिमामय जीवनको प्रत्याभूति दिलाउने सभ्य र समुन्नत समाज निर्माणका लागि प्रेरणा बनोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित