कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

रोल्पाका कृष्णबहादुर घर्ती लुम्बिनी प्रदेशको प्रदेश प्रमुख

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा वडामै पराजित भएका रोल्पाका कृष्णबहादुर घर्ती नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुख भएका छन् ।

रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट उनी नेपाली कांग्रेसको १४ महाधिवेशनमा प्रतिनिधि छनौटमा पराजित भएका थिए ।

रोल्पा कांग्रेस सभापति किशोर आचार्यका अनुसार घर्ती लामो समयदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाएर बसेका छन् ।

उनका अनुसार ६५ वर्षीय घर्तीले ५० सालदेखि नै उनले यसलाई नियमित चलाइरहेका छन् । दुई श्रीमती र ७ जना छोराछोरी रहेका घर्तीको अहिले भने दुवै श्रीमतीको मृत्यु भइसकेको छ ।

२०१६ माघ १० गते जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । विभिन्न आन्दोलनमा जेल जीवन बिताएका घर्ती २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएर जिविस सभापतिमा लडे पनि झक्कुप्रसाद सुवेदीसँग हारेका थिए ।

२०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए घर्ती । २०४८ देखी २०७२ सम्म महासमिति सदस्य रहेका उनी २०५९ देखि २०७२ प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए । उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित